पोखरामा एक वडा एक पकेट कार्यक्रमका लागि १ करोड ८१ लाख प्रोत्साहन रकम वितरण
पोखरा, २४ साउन/ ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् ।
अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।
महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरी पालन, आलु, उवा, सुन्तला, उखु र चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।
महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार वडा नं ५, १८, १३, १४, २२, २३, २४, २५, ३१ र ३३ वडामा तरकारी, १६, २०, २८ र ३० मा मौरी, १५ र २७ मा आलु, २६ मा चैते धान, १९ मा उवा, २१ मा सुन्तला र ३२ मा उखु खेतीको पकेट क्षेत्र तोकिएको छ ।