पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती

-


     क्लिक गण्डकी     
     फागुन १५ गते २०७९ मा प्रकाशित


पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती

पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती

पोखरा, १५ फागुन/ आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने र फुल खेल्न शुरु गरेको बेला भीषण असिना पानीले सुन्तला उत्पादनमा ठुलो असर गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

उनले आगामी बर्षको उत्पादनमा उल्लेखनिय असर पर्ने बताए । यस बर्ष राम्रो उत्पादन लिएरका कृषकलाई खुशी दिएको सुन्तलाले अर्को वर्ष भने सुन्तला उत्पादनमा कमिआउने भएको उनले बताए । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा सुन्तला राम्रो हुन्छ ।

पोखरामा चार महिनापछि हिउँदे वर्षा भएको थियो । फागुन ११ र १४ गते हिउँदे वर्षा सहित असिना परेको हो । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिले पनि असिनाले कतै भने क्षती पुगेको कडरीयाले बताए । असिना समेत पर्दा तोरी, गहुँ, फापर फलफुलका बोट र तरकारी बालीमा क्षति पु¥याएको उनले बनाए ।

लामो समयपछि परेको पानीले सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेपनि कतै असिना समेत पर्दा हिउँदे बालीमा क्षति पुगेको उनको भनाई छ ।

पोखरामा ३० हजार सुन्तलाको बाट उत्पादनशिल अवस्थाका रहको प्रमुख कडरियाले बताए । पोखरामा १५० हेक्टरमा सुन्तला उत्पादनशिल अवस्थामा रहेको उनको भनाई छ । पोखरामा यस वर्ष ७ करोड बराबरको उत्पादन भएको थियो ।



Tags: ,