कृषि

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ

स्याङ्जामा ८५ प्रतिशत धान रोपाइँ
स्याङ्जा, १४ साउन/ स्याङ्जामा हालसम्म ८५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल १४ हजार ३९० क्षेत्रफलको ८५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । जिल्लाको उत्तरी भेगमा धान रोपाइँ सकिनै लाग्दा दक्षिण भेगमा रोपाइँ बाँकी नै छ । जिल्लाका ११ पालिका मध्ये फेदीखोला र अर्जुनचौपारीमा ९८, आँधीखोला गाउँपालिकामा ९७, पुतलीबजार नगरपालिकामा ९५, भीरकोट नगरपालिका र हरिनास गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सकिएको छ । वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा ८०÷८० र… पुरा पढौ

हेम्जामा पाचौं हेमजा हिले महोत्सव हुने

हेम्जामा पाचौं हेमजा हिले महोत्सव हुने
पोखरा, ४ असार/ पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका… पुरा पढौ

पोखरा २८ स्याङखुदीमा मरिच खेती, राम्रो आम्दानीको स्रोत

पोखरा २८ स्याङखुदीमा मरिच खेती, राम्रो आम्दानीको स्रोत
हरिप्रसाद बास्तोलापोखरा, २१ जेठ/ पोखरा महानगनपालिका २८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । घरको वरिपरि हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रूखका फेदमा लगाएको मरिचका बोटले निरन्तर फल दिन थालेपछि उनी हर्षित छन् । उनका अनुसार उत्पादित फल बिक्रीबाट वार्षिक एकदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । मसलामध्येको अब्बल मानिने मरिच कालो सुनका रुपमा पनि परिचित छ ।… पुरा पढौ

पोखरामा तरबुजा मेला, उत्कृष्ट कृषक सम्मानीत

पोखरामा तरबुजा मेला, उत्कृष्ट कृषक सम्मानीत
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित तरबुजा मेला सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको समन्वयमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू सम्पन्न गरिएका छन् । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती गरेका छन् । करिब २ सय टन उत्पादनको अनुमान गरिएको यस खेतीबाट २ करोडको कारोबार हुने… पुरा पढौ

पोखरामा आइतबार देखी आलु महोत्सव

पोखराको हेम्जामा आलु महोत्सव सुरु
पोखरा, २३ चैत/ आइतबार देखी पोखरा २५ हेम्जामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका… पुरा पढौ

कृषि मन्त्री श्रेष्ठको सय दिनः कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म

कृषि मन्त्री श्रेष्ठको सय दिनः कृषि प्रवर्धन कार्यक्रमदेखि ऐन नीति निर्माण तथा संशोधनसम्म
पोखरा, २८ मंसिर/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको… पुरा पढौ

स्याङ्जामा २० करोडको सुन्तलामा क्षति

स्याङ्जामा २० करोडको सुन्तलामा क्षति
स्याङ्जा, २७ कार्तिक/ स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तालमा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको छ । पतेरोको आक्रमण, फल कुहाउने औंसा किरा र असिनाकाका कारण सुन्तलामा ठूलो क्षति भएको ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकाश विकले बताए । उनका अनुसार साउनदेखि नै पतेरो लागयतका रोग किराका कारण नोक्सानी भोगेका किसानले पछिल्लो ४ कात्तिकमा परेको असिना पानीले झनै क्षति बेहोर्नु… पुरा पढौ

लुम्लेमा असिना धानबालीमा क्षति

असिना पानी
पोखरा, २१ कात्तिक/अन्नपूर्ण–६, लुम्लेको धानवालीमा सोमबार परेको असिनाले क्षति पु¥याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी विसाउना, ठूलाखेत, चित्रे घुम्ती, सेरा लगायतका ठाउँमा भित्र्याउने बेला भएका धानवालीमा क्षति भएको कृषकहरुले बताएका छन् । किसानले त्यस क्षेत्रमा काठे, रातो, खमल लगायत जातका धान लगाएका छन् । करिव ७० प्रतिशत धान झरेको कृषकहरु बताउ छन् । असिनाले तरकारी वालीमा समेत असर गरेको छ । साग, मुला, धनियाँ, काउली, बन्दा लगायतका अधिकाशं तरकारीमा क्षति पुगेको छ । वडा नम्बर ४… पुरा पढौ

पोखरामा कात्तिकमा हावाहुरी सहित असिना पानी, किसान मर्कामा

असिना पानी
पोखरा, १९ कात्तिक/ पोखरामा असिना पानी परेको छ । कात्तिकमा धान थन्क्याउन लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ । पोखरामा आज सबै क्षेत्रमा ठुलो वर्षा भएको छ भने कतै हावाहुरी र असिना पानी समेत परेको छ । असिना सानो परेपनि पाकेको धानलाई असर गरेको किसानहरु बताउ छन् । पोखरामा २६ मा हावाहुरी, असिना र पानी परेको पत्रकार सुमन ढुङगानाले बताए । कतिपय किसानले धान काटेर सुकाएका थिए भने कति पय पाकेको धान काट्न ठिक थिए । तर हावाहुरी सहितका… पुरा पढौ

पोखराको जेठोबुढो धान खाद्य संस्थान खरिद गर्ने

पोखराको जेठोबुढो धान खाद्य संस्थान खरिद गर्ने
पोखरा, ८ कात्तिक/ पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना केसिले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने धान बाली जेठोबुढो खरिद समितिले तोकेको… पुरा पढौ