असिना पानी
पोखरा, १९ कात्तिक/ पोखरामा असिना पानी परेको छ । कात्तिकमा धान थन्क्याउन लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ ।
पोखरामा आज सबै क्षेत्रमा ठुलो वर्षा भएको छ भने कतै हावाहुरी र असिना पानी समेत परेको छ । असिना सानो परेपनि पाकेको धानलाई असर गरेको किसानहरु बताउ छन् ।
पोखरामा २६ मा हावाहुरी, असिना र पानी परेको पत्रकार सुमन ढुङगानाले बताए । कतिपय किसानले धान काटेर सुकाएका थिए भने कति पय पाकेको धान काट्न ठिक थिए । तर हावाहुरी सहितका वर्षाका कारण धान ढल्ने, धान सुकान नसक्दा उम्रिने, हकुवा हुने किसानहरु बताउ छन् ।
अहिले पानीले धानबालीमा ठुलो असर गर्ने पोखरामा महानगरापालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पानी परेपछि धान भित्राउन अप्ठेरो हुने र धान विग्रने सम्भावना हुने उनको भनाई छ ।
अहिले पोखरामा झिनुवा र जेठोबुढो धान बाहेका सबै धान पारेको छ र किसानहरु दिनहुँ धान भित्राउन लागेका छन् ।