पोखरामा डेंगीविरुद्ध सचेतनामुलक ¥याली

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०८१ मा प्रकाशित


पोखरामा डेंगीविरुद्ध सचेतनामुलक ¥याली

पोखरामा डेंगीविरुद्ध सचेतनामुलक ¥याली

पोखरा, २९ साउन/ पोखरा महानगरपालिका वडानम्बर ४ ले डेंगीविरुद्ध सचेतनामुलक ¥याली सम्पन्न गरेको छ । वडा कार्यालयले विभिन्न संघसंस्थाको सहभागितामा वडाका विभिन्न स्थानमा सचेतनामुलक ¥याली निकालेको थियो ।

स्थानीय विद्यालयहरुका शिक्षक र विद्याथी, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, रेडक्रस र जनप्रतिनिधिसहित ¥याली निकालिएको थियो ।

सो क्रममा डेंगी रोग लाग्नुका कारण बारे जानकारी दिनुका साथै लामखुट्टेको बासस्थान र नष्ट गर्ने वारे जानकारी दिइएको थियो । डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज तथा नष्ट अभियानका लागि सचेतना मुलक ¥याली गरिएको पोखरा–४ का स्वास्थ्य शाखा प्रमुख सुजन पौडेलले जानकारी दिए ।

वडा कार्यालयबाट सुरु ¥याली गणेशटोल, नालाकोमुख, विन्ध्यवासिनी वसपार्क, फिर्केपुल, बुढा निलकण्ठ, सिद्धार्थचोक, चिप्लेढुंगा र पन्थीगल्ली हुँदै पुनः वडा कार्यालय आएर समापन भएको हो ।

¥यालीको समापन गदैँ वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सहभागी सबैलाई धन्यवाद दिए । उनले लामखुट्टे खोज र नष्ट गर अभियानमा हातेमालो गर्न आग्रह गरे । लामखुट्टे खोज एवं नष्ट गर्ने अभियान निरन्तर चल्ने वडाले जनाएको छ ।