पोखराका लेकसाइडमा चचहुई चचहुई
पोखरा, २५ असोज/ कुनै बेला पोखराका फेवाताल किनार छेउ तालबाराही घाटमा दशैंका बेला मेला लाग्ने गथ्यो ।
तर केही वर्ष अगाडी देखी मेला हराएको छ । यस वर्ष भने दशैंको अवसरमा पिङमा मच्चिन पाएको छ । स्थानीयहरुको प्रयासमा लिंगे पिङ दुई वटा र चंग्रालि पिङ एउटा राखीएको छ ।
टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका नेपाली समाजमा छ । त्यसका लागि एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता चल्दै आएको छ ।