
शव
गोरखा, ७ कात्तिक/ गोरखामा रोटेपिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ ।
गोरखा पालुङटार नगरपालिका–८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ ।
टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी कोइरालालाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गोरखा अस्पताल पु¥याएको थियो ।





