पोखराको बिरौटामा सुन्तला महोत्सव

-


     क्लिक गण्डकी     
     पौष ११ गते २०७९ मा प्रकाशित


सुन्तला महोत्सव

सुन्तला महोत्सव

पोखरा, ११ पुस/ पोखरा १७ बिरौटामा सुन्तला महोत्सव सञ्चालन भएको छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गते सम्म सञ्चालन हुने छ ।

महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा २२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीमा राखिएको छ ।

किसानले उत्पादन गरेको सुन्तलाले उचित मुल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

महोत्सवमा सुन्तला खेती कसरी गर्ने, नयाँ बिरुवा रोप्दा एउटा बोट अर्को बोटको दुरी कति राख्ने, रोगको पहिचान, उपचार, खाद्यतत्वको व्यवस्थापन लगायतका विषयमा किसानलाई जानकारी उनको भनाई छ ।

पोखरामा पछिल्लो समयमा दुई सय हेक्टरमा सुन्तला हुँदै आएको छ । यस वर्ष सुन्तला उत्पादन राम्रो भएकोले ७ करोड बराबरको उत्पादन भएको आंकलन गरेको उनले सुनाए ।



Tags: ,