#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

ड्रुक एयरले भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ११ भदौ/ भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ९ सेप्टेम्बर अर्थात भदौ २३ गते पारोबाट पोखरामा चार्टर्ड उडान गर्न अनुमति पाएको हो । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत गर्न प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । न्यारोबडी जहाज पोखराबाट पारो नै उड्नेछ । अंग्रेजी नयाँ वर्षको १ जनवरी २०२३ का दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ… पुरा पढौ

पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन पोउवा संघको माग

पोखरा एयरपोर्टको पार्किङ शुल्क घटाउन पोउवा संघको माग
पोखरा, २५ असार/ पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ । यसका साथै संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पु¥याउन जाँदा बिदाई र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधिमण्डले नागरिक उड्डयन प्राधिकरण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका निर्देशक विक्रम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको जिकिर गरिएको छ । अध्यक्ष प्रजापतिबाट हस्ताक्षरित ध्यानाकर्षण… पुरा पढौ

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने बताए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका उद्घाटन गर्दै जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्ने तयारी अगाडी बढेको बताए । उनले हिजो मात्रै अन्तिम कुराकानी भएको बताए । २०७९ पुस १७ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि चीनसँग आग्रह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १२ वैशाख / गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई भेटी पहिलो चरणमा कम्तिमा चीन–पोखरा बिच चार्टड उडान भए पनि संचालन गर्न आग्रह गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । चिनिया लगानीमा बनेको ठूलो योजना संचालन गर्न चीनसँग नै आग्रह गरिएको बताउँदै अध्यक्ष… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

सौय एयरलायन्स
पोखरा, १८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । सौय एयरलायन्सको विमानले बुधबार राति काठमाडौं पोखरा उडान गरेको हो । सबै प्रक्रिया पूरा गरेर रात्रीकालिन उडानका लागि तयार रहेको विमास्थलमा रात्रिकालीन उडान सफल भएको विमानस्थलले जनाएको छ । काठमाडौंबाट ३३ यात्रु बोकेर आएको सौर्य को ९ एन–एएमई जेट इन्जिन जहाज राति ८ः४५ बजे सफल अवतरण गरेको हो । पोखरा अवतरणपछि विमान राति नै ४६ जना यात्रु बोकेर पुन काठमाडौं गएको थियो । दिऊसो ३ः१५ बजेको उड्नु पर्ने… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार, २५ देखि रात्रिकालीन उडान गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, ११ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रीकालीन उडानका लागि तयार भएको छ । पोखराबाट अहिले सम्म रात्रीकालीन उडान हुन सकेको थिएन । हवाई कम्पनिले पनि रात्रीकालीन उडानका लागि आवश्यक तयारी थालेका छन् । जनवरी १ देखि संचालनमा आएको विमानस्थल अहिले दिउँसोको समयमा मात्रै उडान हुदै आएको थियो । अब भने रातीको समय पनि आवश्यकता अनुसार उडान र अवतरण संचालन गर्न सकिने विमानस्थलले जनाएको छ । बिहीबारदेखि विमानस्थल प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर (इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स) अनुसार संचालन… पुरा पढौ

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि कोरियन र विज एयरको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, ८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन पछि इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली शुरु हुदैछ । फागुन ११ गते बाट पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनमा आउने छ । आइएफआर कार्यान्वयनमा आएपछि पोखराबाट रात्री कालिन उडान र अन्तर्राष्ट्रिय उडानका लागि योग्य हुनेछ । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरुले चासो देखाउन थालेका छन् । अहिले कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम, बुद्ध एयर लगायतको चासो देखाएको विमानस्थल स्रोतका भनाई छ । कोरियन र बिज एयरसँग १९० सीट क्षमताको ए… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन ११ देखी रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २७ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं पोखरा रात्रिकालीन उडानको तयारी भएको छ । फागुन ११ गते अथार्त २३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, २२ पुस/ मन्त्रिपरिषदको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । उनले त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको बताए । पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए । पुरा पढौ

पोखरा एयरपोर्ट उद्घाटन भोलि, अन्तर्राष्ट्रिय उडान केही महिना पछि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १६ पुस/ पोखरामा निर्माण सकिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एयरले १ महिनाअघि देखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पु¥याएर केही महिना भित्र उडान हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए… पुरा पढौ