पोखरा स्कुटरले ठक्कर दिदाँ पैदलयात्रीको मृ*त्यु

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १६ कात्तिक/ पोखरामा स्कुटरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा २६ अर्घौचोक स्थित सडकमा बाटो काट्ने क्रममा ग१३प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका–५ घर भई सोही ठाउँ बस्ने ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।