पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन ११ देखी रात्रिकालीन उडान हुने

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०७९ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, २७ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं पोखरा रात्रिकालीन उडानको तयारी भएको छ । फागुन ११ गते अथार्त २३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।

अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ । पोखरा विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने छ ।



Tags: