#निर्वाचन

घरदैलोसँगै मतदाताको समस्या बुझ्दै पोखरा १ का काग्रेस उम्मेदवार

घरदैलोसँगै मतदाताको समस्या बुझ्दै पोखरा १ का काग्रेस उम्मेदवार
पोखरा, २१ वैशाख/ स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ आफनो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त छन् । सोही क्रममा पोखरा महानगरमा वडा न १ मा नेपाली काग्रेसका उम्मेदवारहरु ‘सास्ती हैन सुविधाका लागि, स्वार्थी हैन ईमान्दारीताका लागि’ भन्दै आफनो वडाका टोल टोलमा घरदैलो कार्यक्रममा व्यस्त छन् । काग्रेसका तर्फबाट पोखरा १ को वडाध्यक्षमा सीता गुरुङ सगै सदस्यहरुमा सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल चुनावी मैदानमा छन् । उनीहरुले घरदैलो सग स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका… पुरा पढौ

पोखरा ७ मा एमालेको घरदैलोमा पुगेर भोट माग्दै

पोखरा ७ मा एमालेको घरदैलोमा पुगेर भोट माग्दै
पोखरा, २० वैशाख / नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा ७ ले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । घरदैलो कार्यक्रम अन्तर्गत मंगलबार रत्नचोक, ढाडक्षेत्र, अन्नपूर्णटोल, एयरपोर्ट, मस्ताङ्खचोकमा कार्यक्रम गरिएको हो । विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेपछि माछापुच्छ«ेटोलमा आएर कोणसभा सम्पन्न गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा संविधानसभा सदस्य सीता गिरीले दाजुभाई बन्धुत्व भनेर मत खेर नफाल्न आग्रह गर्नुभयो । अहिले लडाई गठबन्धन र एमालेको भएकोले केन्द्रदेखि स्थानिय तहसम्म एमालेलाई जिताउन उहाँले आग्रह… पुरा पढौ

अप्ठेरो अवस्थामा विकास निर्माणको पूर्वाधारको जग हामीले हाल्यौँः थापा

अप्ठेरो अवस्थामा विकास निर्माणको पूर्वाधारको जग हामीले हाल्यौँः थापा
पोखरा, २० बैशाख /नेकपा एमाले पोखरा –१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा मेयर र उपमेयरसहित वडाका पाँचै जना उम्मेदवार र कार्यकर्ताको टोलीले वडाको विभिन्न टोलको परिक्रमा गरेको हो। घरदैलो पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कृष्ण थापाले घरदैलो कार्यक्रममा वडावासीले देखाउनुभएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए।थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै… पुरा पढौ

बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता
पोखरा, २० बैशाख / सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका उम्मेदवारहरुप्रति बैदामवासीको आकर्षण बढेको हो । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदाता आशावादी छन् । एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्य गर्न देशमा गठबन्धन बनेकाले सो गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवारहरुले आग्रह गरेका छन् । उम्मेदवारहरु विभिन्न सांस्कृतिक… पुरा पढौ

गठबन्धनको उद्घोषः पोखरामा १ समूह, १ उत्पादन

कोपिला रानाभाट र धनराज आचार्य
पोखरा, २० वैशाख/ परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ । यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे । आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी… पुरा पढौ

मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेद्वारी- एकजंग गुरुङ

मादी २ का अपुरा काम पुरा गर्न मेरो उम्मेद्वारी एक- जंग गुरुङ
पोखरा, २० बैशाख/ मादी गाउँपालिकालाई कुनै बेला कास्कीको कर्णाली पनि भनिन्थ्यो । भौगोलिक रुपमा देशकै ठुलो महानगरसंग जोडिएपनि दुर्गम मानिन्थ्यो । तर स्थानिय निकायको स्थापनापछि यस पालिका रुप फेरिएको छ । मादी कै उत्तरी भेग वडा नम्बर २ ताङतिङमा पछिल्लो ५ वर्षमा उल्लेखनीय विकास भएको वडा अध्यक्ष एक जंग दावी गर्छन् । यसअघिको आफनो पाँच वर्षे कार्यकालमा वडाको महत्वपूर्ण योजनाहरु सफल बनाउन मादी गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघिय सरकारको समेत सहयोगमा साना ठूला गरि करिब १ सय ५० वटा… पुरा पढौ

पर्यटन क्षेत्रको विकाशका लागि फुलबारी रिसोर्ट चाँडै सञ्चालन गर्न पहल गर्छुः आचार्य

पर्यटन क्षेत्रको विकाशका लागि फुलबारी रिसोर्ट चाँडै सञ्चालन गर्न पहल गर्छुः आचार्य
पोखरा, २० वैशाख/ गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले लामो समयदेखी बन्द रहेको फुलबारी रिसोर्ट संचालनका लागि पहल गर्ने बताएका छन् । रिसोर्ट बन्द भएपछि कयौंको रोजगारी गुम्नुका साथै पर्यटनमासमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भएलगत्तैदेखि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’ पोखरामा रहेको पाच तारे होटल लामो समय बन्द रहँदा… पुरा पढौ

माओवादीमा फर्किदै पोखरामा पूर्वलडाकु

माओवादीमा फर्किदै पोखरामा पूर्वलडाकु
पोखरा, २० वैशाख/ पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा फर्किएका छन् । विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किएका हुन् ।यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८… पुरा पढौ

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन, गाउँका वनमा जंगल सफारी

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन, गाउँका वनमा जंगल सफारी
पोखरा, २० बैशाख/ नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा पाँच वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उम्मेद्वार छन् । सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ… पुरा पढौ

पोखरा ६ मा एमालेको घरदैलो

पोखरा ६ मा एमालेको घरदैलो
पोखरा, २० बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको चुनावी माहोल तातेको छ । बिहान ६ बजेदेखि पार्टी कार्यकर्ता र उम्मेद्वार घरदैलोमा व्यस्त बनेका छन् । सोमबार अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा भएको थियो । सोमबार अखिल नेपाल महिला संघ वडा कमिटीले चुनावसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै एमालेबाट वडाध्यक्ष उम्मेद्वार विष्णुबहादुर भट्टराईले यसपटकको निर्वाचन एमालेले जित्ने दावी गरेका छन् । यसअघि पोखरा ६ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो । कार्यक्रममा महिला वडा… पुरा पढौ