बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

-


     क्लिक गण्डकी     
     वैशाख २० गते २०७९ मा प्रकाशित


बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

बैदाममा गठबन्धनको घरदैलोमा स्थानीयको उत्साहजनक सहभागिता

पोखरा, २० बैशाख / सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् ।

वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका उम्मेदवारहरुप्रति बैदामवासीको आकर्षण बढेको हो । गठबन्धनको चुनावी घोषणपत्रले यस क्षेत्रको विकास हुनेमा मतदाता आशावादी छन् ।

एमालेका अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्य गर्न देशमा गठबन्धन बनेकाले सो गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवारहरुले आग्रह गरेका छन् । उम्मेदवारहरु विभिन्न सांस्कृतिक कार्यक्रम सहित घरदैलोमा सहभागी हुँदा स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

मंगलबार जरेवर, बुलौँदी, ठाडापसल, गैरीखेत, दृष्टिमार्ग, मुलथोक, गौरीघाट, अम्बोट हुँदै बगैँचासम्म घरदैलो गरिएको नेपाली काँग्रेस वडा इकाई समितिका सहसचिव शंकर पहारीले जानकारी दिनुभयो । सो वडामा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष जगतबहादुर पहारी वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

यसैगरी खुलासदस्यमा नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आचार्य, खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदानमा हुनुहुन्छ ।

वडाध्यक्षका प्रत्याशी पहारीले पर्यटकीय क्षेत्र बैदामको थप विकासका लागि गठबन्धनको जीत सुनिश्चित रहेको बताउनुभयो । वडामा बाँकी रहेका अधुरा योजनालाई पूर्णता र बैदामलाई देशकै पर्यटनको केन्द्र बनाउने अभियानमा साथ दिन वडावासी समक्ष आग्रह गर्नुभयो ।



Tags: , ,