गठबन्धनको उद्घोषः पोखरामा १ समूह, १ उत्पादन

-


     क्लिक गण्डकी     
     वैशाख २० गते २०७९ मा प्रकाशित


कोपिला रानाभाट र धनराज आचार्य

कोपिला रानाभाट र धनराज आचार्य

पोखरा, २० वैशाख/ परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ ।

यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे ।

आचार्यले गठबन्धनले जित हासिल गरे बाँकी ८० प्रतिशत लगानीका लागि महानगर बैंक ग्यारेन्टी ऋणको व्यवस्था गरिने जनाए ।

गठबन्धनमा कांग्रेसको तर्फबाट उपमेयर उम्मद्वार कोपिला रानाभाटले टोल टोलका आमा समूहहरु उत्पादनमा जोडिए चाडै पोखरा आत्मनिर्भर बन्ने बताइन् । उनले पोखरेलीलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा समेत सघाउने उल्लेख गरिन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धनका उम्मद्वारहरु घरदैलोमा छन् । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन सोही अनुरुपमा संरचना र विकासको खाँकासहित गठबन्धनका उम्मेदवारले मत मागिरहेका छन् ।



Tags: , , , ,