#रवि लामिछाने

पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन

पोखरामा रविको समर्थकनमा रास्वपाको प्रदर्शन
पोखरा, ३ कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका हुन् । सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको आरोप छ । उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाए । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए । शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई राति… पुरा पढौ

काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो

काठमाडौँमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले रातिनै पोखरा ल्यायो
पोखरा, ३ कात्तिक/ प्रहरीले शुक्रबार साँझ काठमाडौँबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याएको छ । राति करिब ३ बजे लामिछानेलाई पोखरा पु¥याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उनलाई पोखराको गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा राखेको हो । प्रहरीले लामिछानेका समर्थकहरूको नाराबाजी र विरोध प्रदर्शनका बीच लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर रातारात पोखरा पु¥याएको हो । लामिछानेलाई प्रहरीले लैजाँदै गर्दा रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी र विरोध प्रदर्शन… पुरा पढौ

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

रवि लामिछाने
पोखरा, २ कात्तिक/ पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरेका छन् । उनले अदालतबाट न्याय पाउने भए पनि त्यहाँ सेटिङ गर्न सक्ने भन्दै राज्यको दादागिरीविरुद्ध लड्न अपिल गरे । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको… पुरा पढौ

सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ३ जनासँग प्रहरीको बयान

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, १७ भदौ/ पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं गएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान प्रहरीले जानकारी दिएको छ । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका… पुरा पढौ

गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्कीमा परेको जाहेरी सर्वोच्चले मगायो

रवि लामिछाने
पोखरा, २० जेठ/ सहकारी ठगीका सम्बन्धमा गृहमन्त्री रवि लामिछाने विरुद्ध कास्की जिल्ला प्रहरीमा रहेको अभियोग पत्र र जाहेरीसहित इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले पोखराको सूर्यदर्शन सहकारी, पोखरा उपमहानगरपालिकाले गरेको अध्ययन प्रतिवेदन र कास्कीमै दर्ता भएको उनी विरुद्धको जाहेरी समेत लिएर अर्को बहसमा उपस्थित हुन आदेश दिएको छ । सर्वोच्चले सो मुद्दालाई छिटो किनारा गर्नुपर्ने भन्दै अग्राधिकार पनि प्रदान गरेको छ । इजलासले मुद्दालाई गम्भीर रूपमा लिँदै अर्को सुनुवाइको मिति पनि तोकेको छ… पुरा पढौ

रवि लामिछाने सहित १८ जनाविरुद्ध सहकारी पीडितले कास्की प्रहरीमा जाहेरी बुझाए

रवि लामिछाने
पोखरा, २२ माघ/ रास्वपा सभापति रवि लामिछाने सहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले कास्की प्रहरीमा जाहेरी बुझाएका छन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत छन् । संस्थाहरूमा नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा गु्रप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि विरुद्ध पनि आरोप छ ।… पुरा पढौ

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा

पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, ७ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोइलो प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोइला प्रहार गरेका हुन् । मकैको खोइला प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोइयालाई घरमा झुन्डाएर राख्ने बताए । उनले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ… पुरा पढौ

चितवनमा रवि लामिछानेको अग्रता

रवि लामिछाने
चितवन, ११ बैशाख/ चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा १ हजार १ सय ५५ मतसहित उनले रविले अग्रता लिएका हुन् । रविलाई नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काग्रेसका जितनारायण श्रेष्ठ पछि पछि छन् । रवि लामिछाने (घन्टी ):११५५ रामप्रसाद न्यौपाने (सुर्य): ६६५ जितनारायण श्रेष्ठ (रुख): ५८७ पुरा पढौ

रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

रवि लामिछाने
पोखरा, ६ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने माथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो । लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८… पुरा पढौ

भारी मतान्तरले चितवन–२ मा रवि लामिछाने विजयी

रवि लामिछाने
चितवन, ८ मंसिर/ चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरे । लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । पुरा पढौ