पोखरामा रवि लामिछानेलाई खोइलो प्रहार, खोइलोलाई सजाए राख्ने घोषणा
पोखरा, १७ भदौ/ पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं गएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान प्रहरीले जानकारी दिएको छ ।
सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।
३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्स्योट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो ।
रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।
सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ताले सहकारीका पदाधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।