#पोखरा महानगरपालिका

पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद, स्थानीय जनताबीच कुटाकुट

पोखरा २० वडा कार्यालय निर्माणमा बिबाद स् स्थानीय जनताबीच कुटाकुट
पोखरा, २३ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भवन निर्माणका लागि आगामी एक हप्ताभित्र सबै जनतालाई पायक पर्ने स्थानको खोजि गर्ने सहमति भएको छ। हाल निर्माणाधीन अवस्थामा रहेको भनिएको स्थानलाई अपायक रहेकाले सबै वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय बनाइनुपर्ने भन्दै आन्दोलनरत आँटीघर (मौजाका जनतासंग पोखरा महानगरपालिकाद्वारा गठित सहजीकरण समितिले मंगलबार गरेको वार्तामा त्यस्तो सहमति भएको हो। मंगलबार दिउसो पोखरा ११ को वडा कार्यालयमा भएको दुई पक्षीय वार्तामा त्यस्तो सहमति भएको हो। पोखरा महानगरपालिकाको प्रबक्ता समेत रहेका… पुरा पढौ

पोखराको जाल्पारोडमा नवजात शिशु भेटियो

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १५ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पारोडमा नवजात शिशु फेला परेको छ । सोमबार दिउसो १२ः४५ बजे नारायण सुवेदीको घरको ढोकामा शिशु फेला परेको हो । शिशु देख्ने वित्तिकै उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । शिशुको सबै अवस्था मध्यम रहेको प्रहरीले जनाएको । अपरिचित व्यक्ति आएर शिशु ढोकामा छोडेर गएको बताइन्छ । यस सम्बन्धमा वडा प्रहरी कार्यालय… पुरा पढौ

पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध

पोखरा महानगरपालिका
पोखरा, १९ चैत्र/ पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासो बिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर, कतिपय संस्थाहरूले महानगरपालिकाको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो । एसइई पश्चात् विद्यार्थीलाई उच्च शिक्षा प्रवेशमा सहज बनाउन विभिन्न शैक्षिक संस्थाले ब्रिज कोर्सको… पुरा पढौ

पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारी

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १ चैत /पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । लामो समय देखी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका छन् । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने… पुरा पढौ

पोखरा महानगरमा भवनको नयाँ मापदण्ड

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ९ फागुन/ पोखरा महानगरपालिकामा भवन सम्बन्धी नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड अनुसार अब पोखरामा ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने पोखरामहानपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । उनले त्यस भन्दा अग्ला भवन बनाउनका लागि माटो परीक्षण गरेर मात्रै भवन बनाउन दिने बताए । तत्कालीन अञ्चलाधीश शंकरराज… पुरा पढौ

कार्यसम्पदान मूल्यांकनमा पोखरा महानगरपालिका सबै भन्दा कमजोर

पोखरा महानगरपालिका
पोखरा, ९ फागुन/ आर्थिक वर्ष २०७९/८०को पोखरा महानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार ६ वटा महानगरमा पोखरा महनगरपालिका सबै भन्दा कमजोर देखिएको हो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेश र स्थानीयतहको मूल्यांकन गरेको छ । आयोगको मूल्यांकनमा सबैभन्दा धेरै अंक भतरपुर महानगरले ल्याएको छ भने सबैभन्दा कम अंक पोखरा महानगरपालिकाले… पुरा पढौ

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब

पोखरा महानगरले बढाएको कर घटाउन सुझाब
पोखरा, २६ माघ/ पोखरा महानगरको चालु आर्थिक वर्षको कर नीतिले ठूला करदातालाई राहत पुगे पनि साना करदातामा मारमा परेको महानगरले गठन गरेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । चालु आर्थिक वर्षमा महानगरले कर बढाएको भन्दै जनस्तरबाट तीव्र विरोध भएपछि पुस २९ गतेबाट सुरु भएको १४ औं नगर सभाले आर्थिक ऐन संशोधन गर्न समिति गठन गरेको थियो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा गठित अध्ययन टोलीले शुक्रबारको नगर सभामा प्रतिवेदन बुझाएको छ । टोलीले बुझाएको अध्ययन प्रतिवेदनमा न्यूनतम कर… पुरा पढौ

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा
पोखरा, ८ माघ/ नेपाली काँग्रेस कास्कीले पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अस्वाभाविक रुपमा वढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको हो । कास्की काँग्रेसका सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यस तर्फ उचित ध्यान नदिएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन अनुरोध गरिएको छ ।… पुरा पढौ

पोखराको दिगो पर्यटन परियोजनाका लागि चार अरब पचास करोड बराबरको सम्झौता

पोखराको दिगो पर्यटन परियोजनाका लागि चार अरब पचास करोड बराबरको सम्झौता
पोखरा, ३ माघ/ नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरे । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । सहरी विकास मन्त्रालयमा भएको दिगो… पुरा पढौ

पोखरामा बढाइएको राजश्व घटाउन काँग्रेसको माग

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २५ पुस / नेपाली काँग्रेसले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व घटाउन माग गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल र पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गर्नुभएको हो । पोखरा महानगरपालिका पोखरेली जनताको अविभावकिय संस्था भएकोले यसले पोखरेली जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ । आ.व.२०८०/०८१ का लागि बढाईएको राजस्व वृद्धि जनताको हित अनुकुल नभएकाले राजस्व वृद्धिमा पुर्नविचार गर्न आवश्यक देखिएको छ, विज्ञप्तिमा भनिएको छ । नेपाली काँग्रेस, कास्की… पुरा पढौ