#चुनाब

पोखरा २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी

हिमलाल बराल
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पोखरा २२ को वडाध्यक्षमा गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका हुन् । उनले एमालेका प्रकाशचन्दर गुरुङलाई १ सय २० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी बरालले १ हजार ८ सय ७२ मत प्राप्त गरे भने गुरुङले १ हजार ७ सय ५२ मत प्राप्त गरे । खुल्ला सदस्यमा एमाले उम्मेदवार लिलाधर पौडेलले १ हजार ९ सय १२ मत र सन्जीव गुरुङले… पुरा पढौ

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेकी गुरुङ विजयी

धनराज आचार्य
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५ सय ४६ मत प्राप्त गरीन् । उनकी निकटतम् प्रतिस्पर्धी… पुरा पढौ

पोखरा १८ को वडा अध्यक्षमा ३ मतले तिमिल्सिना विजयी

शिवप्रसाद तिमिल्सिना
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्षमा नेपाली काग्रेसका शिवप्रसाद तिमिल्सिना विजयी भएका छन् । उनले नेकपा एमालेका पुष्कलबहादुर थापा ३ मतले हराउदै विजयी बने । तिमिल्सिनाले १ हजार ६ सय ४३ ल्याउदा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले ७ सय २ मत ल्याए । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा नमराज सुबेदीले १ हजार ७ सय ४९ र रमेशबहादुर… पुरा पढौ

पोखरा–२१ को वडा अध्यक्षमा एमाले दिपक सुबेदी सहित प्यानल नै विजयी

दिपक सुबेदी
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २१ को वडामा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा–२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भए । बिजयी सुबेदीले २ हजार ५ सय ५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १ हजार ८ सय ११ मत प्राप्त गरे । महिला सदस्यमा विमला केसी २ हजार ६ सय ६२ मत, दलित महिला सदस्यमा सितादेवी विकले २ हजार ७ सय… पुरा पढौ

पोखरा १९ को वडाअध्यक्षमा नेपाली काग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

पुष्पेन्द् पाण्डे
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १९ को वडा अध्यक्षमा नेपाली काग्रेसका पुष्पेन्द् पाण्डे विजयी भएका छन् । उनले नेकपा एमालेका इमानराज पौडेललाई हराए । अन्य सदस्यहरुमा भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका नवराज केसी र विकासकुमार आचार्य विजयी भए । महिला सदस्यमा दुर्गादेवी बस्नेत र दलित महिला सदस्यमा कल्पना सुनार विजयी भएका छन् । पुरा पढौ

वडा सदस्य हुदै पोखरा महानगरमा राधिकाले जितिन् वडा अध्यक्ष

राधिकाकुमारी शाही
पोखरा, ९ जेठ/ पोखरा महानगरमा एक मात्र महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् । पोखरा महानगरमा १७ को वडा अध्यक्षमा एमाले उम्मेदवार राधिकाकुमारी शाही निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य जितेकी राधिकाले यसपटक वडा अध्यक्षको टिकट पाएकी थिइन् । उनले २ हजार ९ सय ६७ मत पाएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका देवराज आचार्यले २ हजार ५ सय ४४ मत… पुरा पढौ

पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडी

धनराज र मन्जु
पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडीमयेरएकिकृत समाजबादी धनराज आचार्य ५१८८१नेकपा एमाले कृष्ण थापा ४७५७१मतअन्तर ४३१०राप्रपा शंकर खराल ५४३४स्वतन्त्र खड्कराज पौडेल गनेश लौरो २८९६उपमेयरनेकपा एमाले मञ्जु गुरुङ ५४३२८नेपाली काग्रेस कोपिला रानाभाट ५०६२६मतअन्तर ३७०२गणना हुन बाकि १४९०९राप्रपा रन्जना सेन ५४३० पुरा पढौ

खगराजको वडामा काग्रेसका ढकनाथ कडेल विजयी

ढकनाथ कडेल
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेपाली काग्रेसका ढकनाथ कडेल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार चिरन्जीवी बन्जरालाई हराए । २०५४ सालको स्थानीय निवार्चनमा पनि यिनै दुई जना भिडेका थिए । लेखनाथ नगरपालिका वडा नम्बर ९ हुदाँ कडेलले बन्जरालाई ७० मतले हराएका थिए । वडा अध्यक्ष नेपाली काग्रेसले जिते पनि चार जना सदस्य भने नेकपा एमालेले जितेको छ । वडा सदस्यमा देवन्द्रराज अधिकारी, विनोदमणी लामिछाने विजयी भए । त्यसै गरी महिला सदस्यमा धनदेवी… पुरा पढौ

पोखरा १७ को वडा अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल नै विजयी

पोखरा १७ को वडा अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल नै विजयी
पोखरा, ९ जेठ/ पोखरा १७ को वडा अध्यक्षमा एमालेकी राधिकाकुमारी शाही विजयी भएकी छन् । उनले नेपाली काग्रेसका देवराज आचार्यलाई हराउदै पोखराका महानगरपालिकामा योपटक एक मात्र महिला वडा अध्यक्ष बन्न सफल भइन् । खुल्ला सदस्यमा नेकपा एमालेका विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । त्यसै गरी महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएका छन् । पुरा पढौ

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा महानगरको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा मन्जु गुरुङ जित नजिक पुगेका छन् । १ लाख २२ हजार २ सय १९ मत गणनामा गर्दा धनराज ३ हजार ९ सय ७९ मत र मन्जु ३ हजार ९७ मतले अगाडी छन् । धनराजले अहिले सम्म ४९ हजार २ सय ४१ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । १ लाख ४३ हजार २ सय २६ मत… पुरा पढौ