शिवप्रसाद तिमिल्सिना
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्षमा नेपाली काग्रेसका शिवप्रसाद तिमिल्सिना विजयी भएका छन् । उनले नेकपा एमालेका पुष्कलबहादुर थापा ३ मतले हराउदै विजयी बने ।
तिमिल्सिनाले १ हजार ६ सय ४३ ल्याउदा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले ७ सय २ मत ल्याए । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको छ ।
खुल्ला सदस्यमा नमराज सुबेदीले १ हजार ७ सय ४९ र रमेशबहादुर थापाले १ हजार ८ सय ५६ मत प्राप्त गरे । महिला सदस्यमा कल्पना ढकाल क्षेत्रीले १ हजार ८ सय २८ मत र दलित महिला सदस्य मिनाकुमारी नेपालीले १ हजार ८ सय ५६ मत प्राप्त गरीन् ।