#सार्वजनिक बिदा

असोज १ गते शोक दिवस मनाउन सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, ३१ भदौ/ सरकारले असोज १ मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय भएको छ । जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । जेनजी… पुरा पढौ

ट्होंटे पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ साउन/ गुरुङ समुदायको सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनीक बिदा दिएका छन् । तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गरेर पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जनाएका छन् । उनीहरुले स्थानीय पालिकाले दिने बिदाबाट कट्टी हुने गरी सार्वजनी विदा दिएका हुन् । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहने सूचनामा उल्लेख छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी,… पुरा पढौ

आइतबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २८ असार/ गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो । यो बिदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुनेछ । भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८२ सालका लागि अन्य तीनवटा प्रदेशस्तरीय सार्वजनिक विदा पनि तोकेको छ । कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, प्रदेश स्थापना दिवसको दिन माघ २२ गते बिहीबार र… पुरा पढौ

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २७ असोज/ कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो । सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा दिएको छ । संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि गण्डकी सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । https://clickgandaki.com/2024/03/10990/ पुरा पढौ

भोलि सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २८ चैत/ सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिना उपासेर मनाइन्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । पुरा पढौ

फागुन ४ गते सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसरपारेर प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ । पुरा पढौ

बिहीबार सुवास नेम्वाङ निधनको शोकमा सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ भदौ/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ । नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनीक बिदा दिने निर्णय गरेको हो । हृदयघातका कारण बालुवाटारस्थित घरको वाथरुममा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।… पुरा पढौ

कास्कीका सबै विद्यालयहरुमा मंगलबार (भोली) सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २९ साउन/ कास्कीका सबै विद्यालयहरुमा मंगलबार (भोली) सार्वजनिक बिदा दिएको छ । तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेँका अवसरमा कास्की जिल्लाभरका सबै शैक्षिक संस्थामा मंगलबार साउन ३० गते सार्वजनिक बिदा हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई कास्कीले आज जिल्लास्थित सबै विद्यालयहरुमा बिदाका लागि सूचना जारी गरेको हो । पोखरा महानगरपालिका, मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«े गाउँपालिकाका सबै शैक्षिक संस्थालाई स्थानीय बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरिएको समन्वय इकाईले जनाएको छ । स्थानीय तहहरुले सूचना… पुरा पढौ

बिहीबार असार १४ गते सार्वजनिक बिदा

सार्वजनिक बिदा
पोखरा, ११ असार/ सरकारले बकर इदका अवसरपारेर असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । पुरा पढौ

२०८० सालमा सार्वजनिक बिदा (सूचीसहित)

पोखरा, ३ चैत/ सरकारले २०८० सालमा देशभर लागू हुने गरी सार्वजनिक विदा किटान गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ । शनिबार सहित ८७ दिन सबैलाई बिदा हुने छ भने समुदाएकालाई अझ बढि हुनेछ । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको विदा पनि कायम गरेका छ । देशभर लागू हुने… पुरा पढौ