#सार्वजनिक बिदा

२०८० सालमा सार्वजनिक बिदा (सूचीसहित)

पोखरा, ३ चैत/ सरकारले २०८० सालमा देशभर लागू हुने गरी सार्वजनिक विदा किटान गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको छ । शनिबार सहित ८७ दिन सबैलाई बिदा हुने छ भने समुदाएकालाई अझ बढि हुनेछ । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको विदा पनि कायम गरेका छ । देशभर लागू हुने… पुरा पढौ

बुधबार सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, २६ पुस/ सरकारले पृथ्वी जयन्तीको अवसरमा बुधबार अर्थात पुस २७ गते सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो । पुरा पढौ

भोलि सार्वजनिक बिदा

सार्वजनिक विदा
काठमाण्डौं, ३१ असोज/ सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमवार एक विज्ञप्ति निकालेर भोलि मंगलबार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतबार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए । पुरा पढौ

गण्डकीमा असार २९ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । पुरा पढौ