गण्डकीमा असार २९ गते सार्वजनिक विदा

-


     क्लिक गण्डकी     
     असार २७ गते २०७९ मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।



Tags: , ,