फागुन ४ गते सार्वजनिक बिदा

-


     क्लिक गण्डकी     
     फागुन २ गते २०८० मा प्रकाशित


सार्वजनिक विदा

सार्वजनिक विदा

पोखरा, २ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसरपारेर प्रदेश सरकारले फागुन ४ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो ।

गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

२०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ ।



Tags: