#जहाज दुर्घटना

जहाज दुर्घटनाः हेम्जाका सापकोटा दम्पतीको एक महिना पछि अत्तेष्टि

राजन सापकोटा र अनिषा बानियाँ सापकोटा
पोखरा, १ फागुन/ एक महिना पहिले यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको अन्तेष्टि गरेको छ । पोखरा महानगरपाकिला २५ हेमजा मिलन चोकबाट शवयात्रा सहित मरानघाटमा सोमबार विहान अन्त्येष्टी गरेका छन् । राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो भने अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको थियो । डिएनएको रिपटो हिजो मात्रै आएपछि उनी शव परिवारले बुझेर सोमबार अत्तेष्टी गरेका हुन् । माघ १ गते यति… पुरा पढौ

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा
पोखरा, ९ माघ/ गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो । समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने,… पुरा पढौ

जहाज दुर्घटनामा परेका पोखराका दुई डाक्टर अन्तेष्टि

पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु
पोखरा, ८ माघ/ पोखरामा माघ १ गते यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा ४ का श्रेष्ठ दम्पतिको अन्तेष्टि आइतबार भएको छ । दुर्घटना भएको एक साता पछि परिवारले शव प्राप्त गरेपछि सेती नदीको रामघाटमा अन्तेष्टि गरेका हुन् । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको थियो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवारकको मृत्यु भएको थियो । उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको… पुरा पढौ

जहाज दुर्घटनामा परेका हेम्जाका कुबँर दम्पतिको अन्तेष्टि

जहाज दुर्घटनामा परेका हेम्जाका कुबँर दम्पतिको अन्तेष्टि
पोखरा, ८ माघ/ पोखरामा माघ १ गते यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी जितेन्द्र कुवँर र भगवती कुँवर अन्तेष्टि भएको छ । आइतबार बिहान मात्रै उनीको शव हेमजामा ल्याएर मर्दि दोबिल्ला घाटमा श्रद्धाञ्जली सहित दाहसंस्कार गरेका छन् । हेम्जाका जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती काठमाडौँबाट पोखरा फर्किने क्रममा विमानमा दुर्घटनामा परेका थिए । घरायसी कामकाजको सिलसिलामा काठमाण्डौ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने पुष ३० गते नै बसमा पोखरा आएका थिए । दुर्घटनामा हेमाजाकै चार/चार… पुरा पढौ

यती जहाज दुर्घटनाः ६८ शव फेला, २६ जनाको पहिचान खुल्यो

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, २ माघ/ पोखरामा यति एयरको जहाज दुर्घटनामापरी मृत्यु भएका ६८ जनाको शव भेटिएको छ । ति मध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ५ जनाको शव देखी पनि सेती खोचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार थिए । अन्य चार जनाको अवस्था खुलेको छैन । दुर्घटनामा परेका २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने… पुरा पढौ

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, १ माघ/ पोखरा महानगरपाकिला २५ हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेको छोरो घर आउदै थियो । अमेरिकाबाट शनिवार काठमाण्डौ आएका उनलाई लिन श्रीमती आशिका हिजो नै काठमाण्डौ पुगिन् । सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए । उनका काका प्रकाशचन्द्र सापकोटाले घरपरिवारसँग भेटघाट एवम् बिहेको… पुरा पढौ

तारा एयरको जहाज दुर्घटनाः २२ जनाकै शव र व्ल्यकबक्स भेटियो

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
पोखरा, १७ जेठ/ आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा सवार २२ जनाकै शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता सबैको शव भेटिएको हो । सोमबार २१ वटा शव भेटिएको थियो भने सोमबार बिहान १ जनाको शव भेटिए सँगै २२ जनाको शव भटिएको प्रहरीले जानकारी दिएको छ । मुस्ताङको कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव र पहाडको तल खोलामा छेउमा रहेको शव निकाल्न सफल… पुरा पढौ