
राजन सापकोटा र अनिषा बानियाँ सापकोटा
पोखरा, १ फागुन/ एक महिना पहिले यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको अन्तेष्टि गरेको छ ।
पोखरा महानगरपाकिला २५ हेमजा मिलन चोकबाट शवयात्रा सहित मरानघाटमा सोमबार विहान अन्त्येष्टी गरेका छन् ।
राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो भने अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको थियो । डिएनएको रिपटो हिजो मात्रै आएपछि उनी शव परिवारले बुझेर सोमबार अत्तेष्टी गरेका हुन् ।
माघ १ गते यति एअरलाइन्सको विमानबाट पोखरा आउने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो । अमेरिकाबाट पुष ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाण्डौ पुगेकी थिइन् । सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे ।
डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए । उनका काका प्रकाशचन्द्र सापकोटाले घरपरिवारसँग भेटघाट एवम् बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर आएको बताए ।





