
दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, १ माघ/ पोखरा महानगरपाकिला २५ हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेको छोरो घर आउदै थियो ।
अमेरिकाबाट शनिवार काठमाण्डौ आएका उनलाई लिन श्रीमती आशिका हिजो नै काठमाण्डौ पुगिन् । सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे ।
डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए । उनका काका प्रकाशचन्द्र सापकोटाले घरपरिवारसँग भेटघाट एवम् बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर आएको बताए ।
त्यसै गरी हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाण्डौ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिबार नै बसमा पोखरा पठाएका थिए ।
जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि हेमजा शोकमा डुबेको छ । कुँबर दम्मती पोखरा ५ जिरोकिलोमिटरमा व्यवसाय समेत गर्दथे ।





