तारा एयरको जहाज दुर्घटनाः २२ जनाकै शव र व्ल्यकबक्स भेटियो

-


     क्लिक गण्डकी     
     जेठ १७ गते २०७९ मा प्रकाशित


पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखराबाट जोमसोम जादै गरेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो तस्बिरःसुशील बाबु थकाली अनुरागीको फेसबुकबाट

पोखरा, १७ जेठ/ आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा सवार २२ जनाकै शव भेटिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको तेस्रो दिन बिहान बेपत्ता सबैको शव भेटिएको हो । सोमबार २१ वटा शव भेटिएको थियो भने सोमबार बिहान १ जनाको शव भेटिए सँगै २२ जनाको शव भटिएको प्रहरीले जानकारी दिएको छ ।

मुस्ताङको कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव र पहाडको तल खोलामा छेउमा रहेको शव निकाल्न सफल भएको घोजिमा खटिएका स्थानीय पर्यटक गाईड ईन्द्रसिंह शेरचनले जानकारी दिए । सोमबार एउटा शव देखी पनि निकाल्न सकिएको थिएन भने एउटा शव हराइरहेको थियो ।

पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएको १० शव सोमबार काठमाडौं पुर्याइको छ भने संकलन गरिएको १० शव सानुसरे पहाडबाट माउन्टेन हेली मार्फत थासाङको कोवाङमा ल्याईएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी दुईवटा शवपनि तल ल्याउने तयारी भई रहको उनले बताए ।

दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स पनि भेटिएको उनले बताए । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाए उनको भनाई छ । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाल जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।



Tags: