#चोरी

पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ

पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ
पोखरा, २४ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ३ नदिपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा वडा नम्बर १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला बाग्लुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने वर्ष १७ को एक… पुरा पढौ

पोखरामा ४२ तोला सुन चोरी, एक पछि अर्को चोरी (भिडियो सहित)

चोरी
पोखरा, १३ मंसिर/ पोखरा ७ र १७ का विभिन्न ठाउँमा चोरीका घटना सार्वजनीक भएका छन् । पोखरा १७ घारीपाटनमा रहेको एक घरबाट १७ तोला सुन र २ लाख नगद, पोखरा १७ रातोपहिरोको एक घरबाट २२ तोला सुन, पोखरा १७ महतगौडाको एक घरबाट ४ तोला सुन र केही नगद चोरी भएको छ । अन्य घरमा पनि चोरीको खबर आएपनि के के चोरी भयो भन्ने जानकारी आएको छैन । पोखरा ७ घारीपाटनको एक घरबाट दशैको टिकाको दिन राती घरमा कोही नभएको बेला… पुरा पढौ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ

पोखरामा गर गहना चोरी गर्ने दुई जना पक्राउ
पोखरा, २६ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवाश कोठाबाट सुनका बिभिन्न गरगहना चोरी गर्ने दुई जनालाई प्रहरुी पक्राउ गरेको छ । करिब १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी आरोपमा पर्सा पर्सागढी नगरपालिका वडा नम्बर २ घर भई हाल जिल्ला कास्की पोखरा १२ बस्ने २२ बर्षीय शिवदेवी चौधरीलाई पक्राउ गरेको छ । पीडितको घरमा काम गर्ने शिवदेवीले चोरीका सुनका गरगहनाहरु पोखरा १० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी… पुरा पढौ

पोखरा सहित गण्डकीका विभिन्न ठाउँमा चोरी

चोरी
पोखरा, ६ माघ/ पछिल्लो समय गण्डकी प्रदेशका कास्की, स्याङया, गोरखा लगाएका जिज्लामा चोरीका घटना बढेका छन् । शुक्रबार राती पोखरामा रहेको राष्ट्रिय समाचार समितिको अफिस फोडेको छ । अफिसमा रहेका ढोका फोडेर दराजहरु फोडेको प्रहरीले जानकारी दिएको छ । अफिसका कागजपत्र यत्रतत्र छरेको भेटिएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी केही दिन अगाडी पोखरा १३ का संजयकान्त सिग्देलको घर फोडेर सुनका गहना र पैसा लगेको उनले बताए । त्यसै गरी माघ तेस्रो साता स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारी सहित… पुरा पढौ

पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ पुष/ पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । श्रेष्ठले ९ जना पीडितले जिल्ला… पुरा पढौ

पोखरामा चोरी बढ्दै, मोबाइल र किराना पसलमा चोरी गर्ने दुई पक्राउ

चोरी
पोखरा, २८ असोज/ चार्डवाड बढे सगँ पोखरामा चोरी पनि बढेको छ । पोखराका ठाउँमा ठाउँमा घाँटीमा लगाएको सुनको सिक्रि चोरी गर्ने गिरोह नै लागेको छ । त्यसै गरी पसलहरुमा चोरीका घटना पनि बढेका छन् । असोज २५ गते मंगलबार राति पोखरा–१० शिवचोकमा रहेको कल्पना किराना स्टोर्स र अमरसिंह चोकमा रहेको एप्पल केयर एसेसरिजको सटरको ताला फोरेर सामान चोरी भएको छ । सो ओरोपमा पोखरा १० बस्ने विश्वास कुमाल र दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा–१० नागिनटोलमा… पुरा पढौ

पोखराको सेदीमा रहेको एक सहकारीमा चोरी

चोरी
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका १८ सेदी स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ शनिबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा आवस्यक अनुसन्धान भैरहेको कास्की प्रहरीले जानकारी दिएको छ । पुरा पढौ