पर्यटन

पोखरा सडक महोत्सवको निम्तो दिन चितवनमा, पोखरामा थारु कल्चर आउने

पोखरा सडक महोत्सवमा निम्तो दिन चितवनमा, पोखरामा थारु कल्चर आउने
सौराहा, ५ पुस/ पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन ९रेवान०को टोलीले चितवनको सौराहामा पत्रकार सम्मेलन गरेको छ। पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोलीले बिहीबार सौराहामा पत्रकार सम्मेलन गरेको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किम। सडक क्षेत्रमा हुने महोत्सव संयोजक विश्व राज पौडेलले जानकारी… पुरा पढौ

जाउँ है पोखरा अभियान पश्चिम नेपालमा निम्तो बाडेर फर्कियो

धनगढी पोखरा हवाई सेवा पुनर्स्थापनामा जोड
पोखरा, ५ पुस / आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संचालित अभियानमा ती… पुरा पढौ

सिमा नाकामा भारतीय पर्यटकलाई दुःख नदेऊ, नेपालगञ्ज पोखरा हवाई सेवा विस्तार गर

नेपालगञ्ज, १ पुस / सिमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पर्यटकले विभिन्न खाले झ्न्झट र हैरानी ब्यहोर्नु परेको सरकारी तथा निजी क्षेत्रबाट गुनासो गरिएको छ । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको संयुक्त आयोजनामा पश्चिम नेपालमा जारी जाउँ है पोखरा अभियानको तेश्रो दिन आइतबार बाँकेको नेपालगंजमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रबाट त्यस्तो गुनासो सुनाइएको हो । नेपालगंज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईले नेपाल आउने क्रममा रुपेडिया नाकामा समेत सुरक्षा र भंसार चेकजाँचको क्रममा भारतीय पर्यटकलाई… पुरा पढौ

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि
पोखरा, १९ मंसिर / कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । आन्तरिक… पुरा पढौ

पोखरामा २२ गतेदेखि आठौं पर्वतीय महोत्वस

पोखरामा २२ गतेदेखि आठौं पर्वतीय महोत्वस
पोखरा, १३ मंसिर/ नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १२ मंसिर/ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति सदस्य रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गर्नेछ । सोही… पुरा पढौ

पोखरामा पर्यटकालाई भाइटिका (फोटो फिचर)

सागर राज तिमिल्सिनापोखरा, २९ कात्तिक/ होटल संघ नेपाल पोखराको आयोजनामा पोखरामा विदेशी पर्यटकले भाई टिका लगाएका छन् । विदेशीका निधारमा टिका र मालामा सझिए पछि उनीहरु पनि मख्ख देखीए । होटल संघ नेपाल पोखराको आयोजनामा १६ औ भाइटिका महोत्सवलाई निरन्तरता पाउदा विदेशी पर्यटकहरु बढ्न थालेका छन् । पोखरामा हुदै आएको भाइटिका महोत्सवमा भाग यस वर्ष उल्लेख्य पर्यटकहरु सहभागी भए । भाइटिका महोत्सवमा १६ देशका ६८ जना पर्यटकले भाग लिएको महोत्सवका संयोजक पार्वती पाण्डेले जानकारी दिइन् । पोखरामा पर्यटकालाई भाइटिका तिहारको… पुरा पढौ

जाउँ है पोखरा अभियानः पूर्वको प्रश्न– पोखरा घुम्ने प्याकेज के छ ?

जाउँ है पोखरा अभियानः पूर्वको प्रश्न– पोखरा घुम्ने प्याकेज के छ ?
पोखरा, २१ कात्तिक / जाउँ है पोखरा अभियान लिएर वर्षैपिच्छे प्रबद्र्धन अभियानमा निक्लँदै आएका पोखरेली पर्यटनकर्मीलाई पूर्वका वासिन्दाले यसपटक पोखरा घुम्ने प्याकेज के छ भनेर जिज्ञासा राखेका छन् । जाउँ है पोखरा अभियान लिएर १६ कात्तिकदेखि २० कात्तिक सम्म पूर्वी नेपालको भ्रमणमा निस्केको होटल संघ पोखरा नेपालको टोलीलाई पूर्वेलीले पोखरा घुम्न लाग्ने वजेट र प्याकेजबारे पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रममा सोधेका थिए । जवाफमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा संसारकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भनेर विभिन्न अन्तर्राष्ट्रिय ख्यातीप्राप्त वेब पोर्टल… पुरा पढौ

पूर्व जोड्ने हवाई सेवा सुचारु गर्न व्यवसायी एकमत

पूर्व जोड्ने हवाई सेवा सुचारु गर्न व्यवसायी एकमत
विराटनगर, १८ कात्तिक / पोखराबाट पूर्वी नेपालका विभिन्न शहरसम्म विगतमा हुँदै आएको सिधा हवाई सेवालाई पुन सुचारु गर्न व्यवसायी एकमत देखिएका छन् । १६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पुर्वी नेपालको औद्योगिक शहर विराटनगरमा आयोजित पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु आन्तरिक पर्यटन प्रबर्द्धनबारे चर्चा गर्दै थिए । २०७६ को माघ महिनामा विराटनगर र गएको फागुन महिनामा झापाको भद्रपुरबाट पोखरा जोड्ने गरी सुरु गरिएका सिधा उडान सेवा विगतदेखी नै स्थगित छन् । पर्यटनका लागि पहुँच… पुरा पढौ

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता
जनकपुर, १७ कात्तिक/ होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन गरी यस क्षेत्रका वासिन्दालाई पोखरा भ्रमणको निम्ता दिएको छ । पोखरा महानगरपालिकाको प्रबर्द्धनमा यही कात्तिक १६ गतेबाट कात्तिक २० गते सम्म संचालन हुने अभियान अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको छ… पुरा पढौ