पोखरामा पर्यटकालाई भाइटिका (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     कार्तिक २९ गते २०८० मा प्रकाशित


पोखरामा पर्यटकालाई भाइटिका

सागर राज तिमिल्सिना
पोखरा, २९ कात्तिक/ होटल संघ नेपाल पोखराको आयोजनामा पोखरामा विदेशी पर्यटकले भाई टिका लगाएका छन् । विदेशीका निधारमा टिका र मालामा सझिए पछि उनीहरु पनि मख्ख देखीए ।

होटल संघ नेपाल पोखराको आयोजनामा १६ औ भाइटिका महोत्सवलाई निरन्तरता पाउदा विदेशी पर्यटकहरु बढ्न थालेका छन् । पोखरामा हुदै आएको भाइटिका महोत्सवमा भाग यस वर्ष उल्लेख्य पर्यटकहरु सहभागी भए । भाइटिका महोत्सवमा १६ देशका ६८ जना पर्यटकले भाग लिएको महोत्सवका संयोजक पार्वती पाण्डेले जानकारी दिइन् ।

पोखरामा पर्यटकालाई भाइटिका
पोखरामा पर्यटकालाई भाइटिका

तिहारको अवसरमा टिका लगाउन पाउँदा पर्यटकहरु खुसी भए । आफूलाई नौलो अनुभुति भएको पर्यटकहरुले बताए । यो चाड निकै मन परेको उनले बताए । पर्यटकहरुले एक अर्कोको निधारको टिका हेरेर दंग परेका थिए । पहिलोपटक नेपाल आउँदा यस्तो वातावरण पाउदा खुसी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

पोखराको रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि वालिकाहरुलाई दक्षिणा दिएका थिए । देउसी भैलो र सांस्कृतिक कार्यक्रममा पर्यटकहरुले भरपूर मनोरञ्जन लिए । नेपाली सास्कृती पर्वको जानकारी दिन कार्यक्रम सफल रहेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुबेदी बताए ।

पोखरामा पर्यटकालाई भाइटिका

सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए । अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायतका देशका पर्यटकले महोत्सवमा टिका लगाएका हुन् ।

कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ भाइटिका महोत्सव हुदै आएको छ । नेपाली कला र संस्कृतिको संरक्षण गर्ने र यसैका माध्यमबाट पर्यटकलाई आकर्षित गरी देशको पर्यटन प्रवद्र्धन गर्ने अभियानले सकारात्मक प्रभाव पारेको उनीहरुको भनाई छ ।