समाचार

स्वर्णचुल राजचिचिल्कोटे ४५ वर्ष पछि भेटियो पोखरा उपत्यकामा

पोखरा, ३० पुष/ विरल तथा स्थानिय आबासिय स्वर्णचुल चिचिल्कोटे ४५ वर्ष पछि दोस्रो पटक पोखरा उपत्यकामा हालै अभिलेख गरिएको छ । राष्ट्रिय स्तरमा संकटापन्न यस प्रजातिलाई सन् १९७७ मा वरिष्ठ चराविद हरिशरण नेपाली काजीले रुपाताल आसपासको क्षेत्रमा पहिलो पटक भेटेका थिए । पंछी अवलोकनका क्रममा पर्यटन ब्यवसायी दामोदर भक्त थापाले पनि रुपातालकै क्षेत्र आफ्नै होटल रुपा भ्यू परिसरमा फोटो सहित उपत्यका का लागि दोस्रो पटक अभिलेख गराएका छन् । सन् १८३८ मा नेपालका लागि ब्रायन हड्सनले पहिलो पटक अभिलेखका साथै… पुरा पढौ

गण्डकी प्रदेशका अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना संक्रमण
पोखरा, २९ पुष/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल र पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अर्थमन्त्री बराल सहित बरालका सवारी चालक, कार्यालय सहयोगी र स्वकीय सचिव सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री बरालको सचिवालयका सदस्यलाई मात्रै नभएर परिवारका सदस्यलाई समेत संक्रमण पुष्टि भएको सहायक स्वकीय सचिव दीननाथ बरालले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा बरालका श्रीमति, बुहारी, नाति छन् । हालै सकिएको माओवादी महाधिवेशनबाट फर्किइसकेपछि अर्थमन्त्री बराल अस्वस्थ भएका… पुरा पढौ

नगरपालिकाहरुको आधामात्र फोहोर संकलन

नगरपालिकाहरुको आधामात्र फोहोर संकलन
पोखरा, २९ पुस/ नेपालका नगरपालिकाहरुमा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको छ । देशका २ सय ९३ नगरपालिकामा भएको सर्भेक्षणमा आधा फोहोरमात्र स्थानीय सरकारले संकलन गर्न सकेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको फोहोरमैला व्यवस्थापना सर्वेक्षण २०७६ को प्रतिवेदनले यस्तो औंल्याएको छ । बुधबार पोखरामा आयोगले सर्भेक्षणको प्रतिवेदनमाथि अन्तक्र्रिया आयोजना गरेको छ । फोहोरमैलालाई जैविक, अजैविक र अन्य गरी ३ वर्गमा विभाजन गरी तथ्यांक संकलन गरिएको छ । नेपालका ४१ प्रतिशत नगरपालिकाले मात्र ल्यान्डफिल साइट प्रयोग गरेको सर्भेक्षणमा देखिएको छ । संकलित… पुरा पढौ

पञ्चासेमा हिमपात

हिमपात
पोखरा, २९ पुष/ बुधबार साझँ पोखरा २३ पञ्चासेमा हिमपात भएको छ । कास्कीका अन्य पर्यटकिय स्थलहरुमा पनि हिमपात भएको स्थानियहरुले बताएका छन् । पञ्चासेमा हिउ परेको पोखराको लेकसाइडबाट प्रस्ट देख्न सकिन्छ । पञ्चासेमा हिउ खेल्नका लागि पोखराबाट युवापुस्ता त्यस तर्फ गएका छन् । बुधबार साँझबाट हल्का बर्षा भएको थियो । वर्षा पछि पोखरामा पोखरामा पनि चिसो अत्याधिक बढेको छ । पुरा पढौ

बतासमाथि ज्यादती भयो, क्षतिपूर्ति देऊः पोखरा उद्योग वाणिज्य संघ

पोखरा, २८ पुष/ पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसन माथि कारबाही नगर्न विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ । संघले नारायणहिटी राजदरबारमा बतास समूहले बनाउँदै गरेको संरचना सरकारले प्रक्रिया नपु¥याई भत्काएको बताएको छ ।कानुन र सम्झौतामा उल्लेख गरिएअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा सम्झौता तोड्दा दुबै पक्षले सर्तहरू मान्नुपर्ने पनि बताइएको… पुरा पढौ

प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी… पुरा पढौ

सल्यानमा दाङ जाँदै बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा यात्रुवहाक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्घान अनुसार बसमा २६ जना सवार रहेको बुझिएको छ भने बस सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन… पुरा पढौ

आज भाइटीका, उत्तम साइत ११ः २ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता… पुरा पढौ

पोखराका पाँच होटललाई चार तारे स्टार

सागरराज तिमिल्सिनापोखरा, ५ कात्तिक/ कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित पर्यटन क्षेत्र हो । कोभिडका कारण कति व्यवसायी विस्थापित भएका छन् भने केही व्यवसायीले यही मौकामा होटललाई अझ स्तरीय बताएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार पोखराका पाँच वटा होटलले चार तारे होटल बनेका छन् । पोखराको होटल माउण्ट कैलाश रिर्सोट, होटल वाराही पोखरा, होटल सांग्रीला भिलेज पोखरा, होटल ल्याण्ड मार्क पोखरा र स्विस इन्टरनेसनल होटल सरोवर पोखराले चार तारे होटल हुन् । स्विस इन्टरनेसनल बाहेक अरु चार… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ