प्रमुख समाचार

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन
बागलुङ, २३ चैत/ गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलशासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राखे… पुरा पढौ

मातृसेवा प्रतिष्ठान नेपालद्वारा कास्कीका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति

पोखरा, २३ चैत/ मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका थप ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ । पोखरामा मंगलबार आयोजित समारोहमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री हरि पाण्डे, प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डे, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकलगायतले विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेका हुन् । प्रतिष्ठानले गत वैशाखमा पनि जिल्लाका पाँचै पालिकाका गरी १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति… पुरा पढौ

पोखरामा नयाँ वर्ष स्वागतका लागि फेवा नव बर्ष महोत्सव

पोखरा, २२ चैत/ कोभिड– १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्य सहित पोखरामा नयाँ वर्षमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर क्षेत्रमा सडकमा महोत्सव संचालन हुने छ । होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको हुने लागेको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा आयोजक होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर… पुरा पढौ

पोखरा, अन्नपुर्ण, माछापुच्छे, मादी र रुपा पालिकामा कुन वडा कति मतदाता

पोखरा, अन्नपुर्ण, माछापुच्छे, मादी र रुपा गाउँपालिकामा कुन वडा कति मतदाता पुरा पढौ

कास्की लिग सुरु, उपाधिका लागि २२ टिम भिड्दै

पोखरा, २१ चैत/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा कास्कीमा क्लब स्तरिय कास्की लिग फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । पोखरा महानगरपालिका २५ स्थित गौरीशंकर खेलमैदानका गण्डकी प्रदेशका खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको प्रमख आतिथ्यतामा लिग सुरु भएको हो । लिगको उख्घाटन खेलमा डिफेण्डिङ च्याम्पियन आदर्श क्लब र हेम्जा युनाईटेड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । दुवै टोलीले समान १/१ अंक बटुलेको छ । त्यसैगरी दोस्रो खेलमा ईन्द्रणी एकीकृतले फुलबारी युवा क्लबलाई ४–२ गोल अन्तरले… पुरा पढौ

कास्कीका पाँच वटै पालिकामा वडा तहसम्म तालमेल गर्ने सत्तारुढ दलको निर्णय

पोखरा, २१ चैत/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका पाँच दलले कास्कीका ५ स्थानीय तह र वडामा सहकार्य गरे निर्वाचनमा जाने निर्णय गरेका छन् । कास्कीमा क्रियाशील राजनीतिक दलका नेताहरुको सोमबार बसेको संयुक्त बैठकले ५ वटै पालिका र ७२ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए… पुरा पढौ

पोखरा १० मा कांग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस

पोखरा, २१ चैत/ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उमेद्वार घोषणा हुने क्रम जारी छ । नेपाली कांग्रेस पोखरा १० वडा समितिले बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेवार सर्वसम्मत चयन गरेको छ । वडाध्यक्षको उम्मेदवार बनाउन पार्टीका वडा इकाई समिति सभापति राजेश गुरुङ ‘राजु’ लाई सिफारिस गरेको छ ।उम्मेदवार सिफारिसका लागि कांग्रेस पोखरा १० को आइतबार बसेको बैठकले राजेशलाई उमेद्वार बनाउने निर्णय गरेको समितिका सचिव पूर्णचन्द्र न्यौपानेले जानकारी दिए । बैठकले वडा सदस्यमा पूर्णचन्द्र न्यौपाने, परमेश्वर कार्की, दलित महिला… पुरा पढौ

भयरहित निर्वाचनका लागि सुरक्षा योजना बनाउन मुख्यमन्त्रीको निर्देशन

पोखरा, २० चैत/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ७ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, गोरखा लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।… पुरा पढौ

दुवाथलनको उपाधी हिमाल र हिराकुलाई

पोखरा, २० चैत/ नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एशिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधी जित्न सफल भएका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २।५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४।२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०।६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुष तर्फ… पुरा पढौ

मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

पोखरा, २० चैत/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताए । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उनले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुक्ष्न लागेको बताए ।… पुरा पढौ