पोखरा १० मा कांग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस

-


     क्लिक गण्डकी     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


पोखरा १० मा कांग्रेसका उम्मेदवार सर्वसम्मत सिफारिस

पोखरा, २१ चैत/ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उमेद्वार घोषणा हुने क्रम जारी छ । नेपाली कांग्रेस पोखरा १० वडा समितिले बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेवार सर्वसम्मत चयन गरेको छ ।

वडाध्यक्षको उम्मेदवार बनाउन पार्टीका वडा इकाई समिति सभापति राजेश गुरुङ ‘राजु’ लाई सिफारिस गरेको छ ।
उम्मेदवार सिफारिसका लागि कांग्रेस पोखरा १० को आइतबार बसेको बैठकले राजेशलाई उमेद्वार बनाउने निर्णय गरेको समितिका सचिव पूर्णचन्द्र न्यौपानेले जानकारी दिए ।

बैठकले वडा सदस्यमा पूर्णचन्द्र न्यौपाने, परमेश्वर कार्की, दलित महिला सदस्यमा सुनिमाया नेपाली, महिला सदस्यमा नरदेवी गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

वडा समितिले जिल्ला समितिलाई उम्मेदवारको नाम सिफारिस गरेको हो । आवश्यक ५ पदका लागि ५ जनाको मात्रै नाम सर्वसम्मत सिफारिस गरेको हो । नेपाली कांग्रेसमा वडा तहको उमेद्वारको टिकट जिल्ला समितिले दिन्छ ।



Tags: