कास्की

नेपाल टेलिकममा १३१ जनालाई जागिर खुल्यो

नेपाल टेलिकममा १३१ जनालाई जागिर खुल्यो
पोखरा, ७ बैशाख/ नेपाल टेलिकममा १३१ जनालाई जागिर खुलेको छ । टेलिकमले १३१ को लागि स्थाई जागिर खुलेको हो । कक्षा १० देखी मास्टर डिग्री सम्म पढेकालाई रोजगारका अवसर छ । पुरा पढौ

पोखरामा शुक्रबार इक्यान कास्कीको इडीयू ३६०, बृहत शैक्षिक बहस

पोखरामा शुक्रबार इक्यान कास्कीको इडीयू ३६०, बृहत शैक्षिक बहस
पोखरामा शुक्रबार इक्यान कास्कीको इडीयू ३६०, बृहत शैक्षिक बहस पुरा पढौ

पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक

पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक
पोखरा, ६ चैत/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शोक परेको छ । मेयर आचार्यकी आमा जमुना आचार्यको मंगलबार बिहान निधन भएको हो । बिहान उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षको उमेरमा आचार्यको निधन भएको मेयरको सचिवालयले जनाएको छ । आचार्यको पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने छ । पुरा पढौ

प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको निधन

प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको निधन
पोखरा, ३० फागुन/ प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पोखरा ७ नुवारथोकका बराल राजनीति, समाजसेवाका सक्रिय थिए । पछिल्लो समय श्वासप्रश्वास रोगबाट पीडित उनको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बरालका २ पत्नीको यसअघि नै निधन भइसकेको छ । उनका ८ छोरी र ५ छोरा छन् । जेठा छोरा हेमराज बराल नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष र पत्रकार समेत हुन् । उनी हाल अमेरिका छन् । छोरा हेमराज… पुरा पढौ

पत्रकार कृष्ण थापालाई मातृशोक

पोखरा, २५ फागुन/ पत्रकार एवं सामाजिक व्यक्तित्व कृष्ण थापालाई मातृशोक परेको छ । उनकी ममतामयी माता कृष्णकुमारी थापा (स्यानी) को ७९ वर्षको उमेरमा बुधबार राति आफ्नै निवास सिमलचौरमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारार्थ लगिएको थियो । महिला संघमा सक्रिय उनको नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुसँग राम्रो चिनाजानी थियो । गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरु ‘भाउजू’ उपनामले सम्बोधन गर्थे । पोखरा आउँदा उनीकहाँ खाना खान्थे… पुरा पढौ

रेडक्रस कास्कीका सभापति शर्माकी धर्मपत्नीको निधन

छबिका पौडेल
पोखरा, १९ माघ/ नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखा सभापति डण्डराज शर्मा पौडेललाई पत्नी शोक परेको छ । उनी धर्मपत्नी छबिका पौडेलको ७१ बर्षको उमेरमा ग्राण्डी अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । निमोनियाको समस्या देखी पछि केही दिन पहिले हेलिकप्टर मार्फत काठमाडौं थप उपचारकालागि लगिएको थियो । उनको १९ गते चिकित्कसले मृत घोषणा गरेका हुन् । उनको दाहासंस्कार पोखरामा गर्ने गरिने भएको छ । उनको निधनप्रर्ति विभिन्न व्यक्ति तथा संस्थाले दुःख प्रकट गरेका छन् । पुरा पढौ

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन

अनिल बहादुर कोइराला
पोखरा, १७ माघ/ कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन भएको छ । उनको बुधबार अपरान्ह साढे ५ बजे ५१ बर्षको उमेरमा निधन भएको हो । पसलमा बसिरहेका बेला ढेलपछि उनलाई पोखरा फिष्टेल अस्पताल उपचारका लागि परिवारले लगेका थिए । उनको उपचारका क्रममा नै निधन भएको परिवारले जनाएको छ । उनले माघ १८ गते बिहान साढे ८ बजे पोखरा ४ गणेशटोलको निवासबाट सबयात्रा शुरु हुने परिवारले जनाएको छ । उनको निधनप्रर्ति बुद्धिचाल संघ गण्डकीका अध्यक्ष युवराज भण्डारीले विज्ञप्ती… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मर्दि क्लबको गभर्नरद्धारा अवलोकन

लायन्स क्लब अफ पोखरा मर्दि क्लबको गभर्नरद्धारा अवलोकन
पोखरा, १४ माघ/ लायन्स क्लब डिष्टिक ३२५ एल नेपालका डिष्टिक गभर्नर परमेश्वर बरालले लायन्स क्लब अफ पोखरा मर्दिको क्लब अवलोकन गरेका छन् । क्लबको बारे र क्लबले गर्दै आएका कामका बारेमा लायन्स क्लब अफ पोखरा मर्दिका अध्यक्ष मनोज कुमार अधिकारीले जानकारी दिए । अवलोकन पछि गभर्नर परमेश्वर बरालले क्लबले उत्कृष्ट काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सेवालाई निरन्तरा दिने विश्वास गरे । उनले नयाँ क्लब भएपनि काम गराइका हिसाबले पुराना क्लब भन्दा कुनै कम नभएको बताए । कार्यक्रममा डिष्टिक… पुरा पढौ

काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

लक्ष्मी सुन्दरी कर्माचार्य
पोखरा, २६ पुस/ नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य छन् भने दुई नाति र तिन नातिनी छन्।स्व् लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा भूकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा

पोखरा महानगरपालिकाद्धारा भुकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा
पोखरा, १९ कात्तिक/ पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु ५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गर्नुभएको हो । “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भन्नुभयो, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका… पुरा पढौ