
छबिका पौडेल
पोखरा, १९ माघ/ नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखा सभापति डण्डराज शर्मा पौडेललाई पत्नी शोक परेको छ ।
उनी धर्मपत्नी छबिका पौडेलको ७१ बर्षको उमेरमा ग्राण्डी अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको छ । निमोनियाको समस्या देखी पछि केही दिन पहिले हेलिकप्टर मार्फत काठमाडौं थप उपचारकालागि लगिएको थियो ।
उनको १९ गते चिकित्कसले मृत घोषणा गरेका हुन् । उनको दाहासंस्कार पोखरामा गर्ने गरिने भएको छ । उनको निधनप्रर्ति विभिन्न व्यक्ति तथा संस्थाले दुःख प्रकट गरेका छन् ।