कास्की

काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक

लक्ष्मी सुन्दरी कर्माचार्य
पोखरा, २६ पुस/ नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी ७० बर्षीय आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण मृत्यु भएको हो । उहाँका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य छन् भने दुई नाति र तिन नातिनी छन्।स्व् लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोख्रेली औद्योगिक… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा भूकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा

पोखरा महानगरपालिकाद्धारा भुकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा
पोखरा, १९ कात्तिक/ पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु ५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गर्नुभएको हो । “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भन्नुभयो, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका… पुरा पढौ

खोजी गरिदिन सबैमा अनुरोध

खोजी गरिदिन सबैमा अनुरोध
पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन निवासी चेतनाथ पौडेल ९ दिनदेखि हराए पछि खोजी गरिदिन परिवारले आग्रह गरेको छ । गहुँगोरो वर्णको, मध्यम शरीर भएको, ग्रिन कलरको ट्रयाक रातो चप्पल माथि टिसर्ट, ३३ वर्षको पौडेल २०८० कात्तिक ६ गते बिहान ५ः०० बजेदेखि सम्पर्कविहिन छन् । पौडेललाई देख्नुहुने वा फेलापानुहुने महानुभावले नजिकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनहुन परिवारले आग्रह गरेको छ ।परिवार सम्पर्क नम्बर९८४६०६६०३२ र ९८६०२८८३२५ पुरा पढौ

फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका
फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र… पुरा पढौ

लान्द्रुकमा कात्तिक ८ गते देखी दशैं मेला

लान्द्रुक
पोखरा, ४ कात्तिक / अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दशैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । दशैंको शुभकामना आदानप्रदानसहित आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । साथै, युवाहरु बिच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ । मेलाको… पुरा पढौ

पोखरामा १०५ बर्षीया बृद्धाको निधन, समाजसेवी बराललाई मातृशोक

कलावती बराल
पोखरा, २९ असोज/ पोखरा १७ विरौटाकी १ सय ५ बर्षीया कलावती बरालको निधन भएको छ । उद्योग व्यवसायी, तथा समाज सेवी चन्द्रकान्त बरालकी १ सय ७ बर्षिय आमाको सोमबार निधन भएको हो । कलावतीको मंगलबार बिहान पोखरा १७ विरौटाबाट शवयात्रा निकाल्ने परिवारले जनाएको छ । पोखरा २२ पुम्दी घर भएका समाजसेवी स्व डिल्लीराम बरालकी धर्मपत्नी हुन् । चन्द्रकान्त बराल पोखरामा विभिन्न व्यवसायमा आवद्ध छन् भने पोखरा २२ पुम्दीभुम्दीमा विसाल महादेवको प्रतिमा बताउन उनकै योगदान रहेको छ । कलावतीका ५ छोरा… पुरा पढौ

गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद बरालको निधन

गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद बराललको निधन
पोखरा, २७ असोज/ पोखरा महानगर पालिका १७, छोरेपाटनका सामाजिक एंव राजनीतिक व्यक्तित्व पुण्यप्रसाद बरालको निधन भएको छ । पोखरा १७ छोरेपाटनस्थित निवासमा शनिबार विहान निधन भएको हो । बरालको शनिबार नै पोखरा रामघाटमा अन्तिम संस्कार भएको छ । पोखरा १७ गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष, छोरेपान मावि हालका सल्लाकार, विभिन्न संघ संस्थामा रहेर सामाजीक सेवा बरालको ठुलो योगदान रहेको छ । उनी नेपाली काग्रेस पोखरा १७ का पुर्व सभापति भएर पनि राजनीतिक क्षेत्रमा योगदान दिएका थिए । उनका ४ छोरा… पुरा पढौ

पोखरामा पाँच वर्षीया छारी सहित बेपत्ता

पोखरामा पाँच वर्षीया छारी सहित बेपत्ता
पोखरा/ पाँच वर्षीया छोरीसहित पोखराबाट एक महिला बेपत्ता भएकी छन् । दुइमहिनादेखि पोखरा–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र पाँच बर्षीया छोरी ऋषिका सहित बेपत्ता भएकी हुन् । उमा छोरीसहित असार २८ गते देखि सम्पर्क बिहीन भएको जिल्ला प्रहरी कार्यलय कास्कीले सार्वजनीक गरेको छ । उनी विना जानकारी घरबाट हिँडेकाले हालसम्म कसै सगँ पनि सम्पर्कमा नआएकाले कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ । पुरा पढौ

पर्यटन व्यवसायी जितु गुरुङलाई मातृ शोक

राधि गुरुङ
पोखरा, २० भदौ/ पर्यटन व्यवसायी अमर जङ्ग गुरुङ (जितु गुरुङ) लाई मातृ शोक परेको छ । गुरुङको ममतामयी आमा राधि गुरुङको बुधबार पोखराका मणिपाल अस्पतालमा निधन भएको हो । केही दिन देखी विरामी भएका कारण अस्पतालमा भर्ना भएकी थिइन् । उनको आज रामघाटमा अन्तेष्टि भएको छ । गुरुङका पोखराको लेकसाइडमा वरपिपल रिसोर्टका सञ्चालक हुन् । पुरा पढौ

क्यान कास्कीका पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको निधन

राजेन्द्र कुमार श्रेष्ठ
पोखरा, ६ साउन/ कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीका पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको निधन भएको छ । उनको साउन ६ गते शनिवार बिहान २ः४५ निधन भएको परिवारका सदस्यले बताएका छन् । उनको आज अन्त्येष्टि गर्ने छ । विभिन्न सामाजीक संघ सस्थामा रहेर काम गर्दै आएका उनी केही समय देखी विरामी थिए । पुरा पढौ