पोखरामा पेस्तोल सहित एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख १४ गते २०८१ मा प्रकाशित


पोखरामा पेस्तोल सहित एक जना पक्राउ

पोखरामा पेस्तोल सहित एक जना पक्राउ

पोखरा, १३ बैशाख/ पोखराको लेकसाइडबाट पेस्तोलसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पोखरा २४ बाँसकोटबाट पक्राउ गरेको हो ।

विकको साथबाट ९ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र नगद १६ हजार समेत बरामद भएको छ । प्रहरीले बागमती प्रदेश ०३३प १६३३ नम्बरको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीसँगको बयानमा विकले पेस्तोल छ महिनाअघि भारतबाट ६० हजारमा किने बताएको कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

हातहतियार देखाएर पोखराका आसपासका क्षेत्रमा विकले लुटपाट गरेको उजुरी परेको प्रहरीमा परेको थियो ।