गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद बरालको निधन

-


     क्लिक गण्डकी     
     असाेज २७ गते २०८० मा प्रकाशित


गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद बराललको निधन

गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुण्यप्रसाद बराललको निधन

पोखरा, २७ असोज/ पोखरा महानगर पालिका १७, छोरेपाटनका सामाजिक एंव राजनीतिक व्यक्तित्व पुण्यप्रसाद बरालको निधन भएको छ ।

पोखरा १७ छोरेपाटनस्थित निवासमा शनिबार विहान निधन भएको हो । बरालको शनिबार नै पोखरा रामघाटमा अन्तिम संस्कार भएको छ ।

पोखरा १७ गुप्तेश्वर व्यवस्थापन समितिका पुर्व अध्यक्ष, छोरेपान मावि हालका सल्लाकार, विभिन्न संघ संस्थामा रहेर सामाजीक सेवा बरालको ठुलो योगदान रहेको छ ।

उनी नेपाली काग्रेस पोखरा १७ का पुर्व सभापति भएर पनि राजनीतिक क्षेत्रमा योगदान दिएका थिए । उनका ४ छोरा र १ श्रीमती रहेका छन् ।



Tags: