पोखरा ७ मा भएको दौडमा उत्साजनक सहभागीता, छात्र तर्फ रितिक र छात्रा तर्फ स्मृतीलाई उपाधि

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०८१ मा प्रकाशित


पोखरा ७ मा भएको दौडमा उत्साजनक सहभागीता, छात्र तर्फ रितिक र छात्रा तर्फ स्मृतीलाई उपाधि

पोखरा ७ मा भएको दौडमा उत्साजनक सहभागीता, छात्र तर्फ रितिक र छात्रा तर्फ स्मृतीलाई उपाधि

पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर ७ स्तरिय दौड प्रतियोगिता उत्साहजनक सहभागीता भएको छ ।

पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल, तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति विसी, समृद्घी श्रेष्ठ ,सुशिला गुरुङ्ग र आशा विकले पुरस्कार प्राप्त गरे ।

खुल्ला पुरुष तर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितिय, कविराज बराल तृतिय र नारायण त्रिपाठी सन्तवना हुँदा खुल्ला महिला तर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी, सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।

५० वर्ष माथिको पुरुष तर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितिय, प्रेम बहादुर जिसी तृतिय र भक्त बहादुर गुरुङ्ग सान्तवना भए । सोहि विधाको महिला तर्फ गिता कुरारी पौडेल, अंविका बराल, निली गुरुङ र राम माया जिसी क्रमश प्रथम, द्वितिय, तृतीय र सान्तवना स्थान हासिल गरे ।

समापन समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा वडा नं. ७ मा भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले वातावरणमैत्री तरिकाले राधा कृष्ण मन्दिरको चौतारीको छहारीमा विनाकुनै झकिझकाउ गरिएको कार्यक्रम उदाहरणिय भएको बताए । पोखरा वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै सकृय र जागरुक हुन आग्रह गरे ।

युवा उद्यमी एवम समाजसेवी किरण केसीले युवाहरु हरेक क्षेत्रमा जागरुक हुन पर्ने बताए । कार्यक्रममा सम्पुर्ण वडा नम्बर ७ का संघ संस्थाको तर्फबाट मासबार आमा समुहका अध्यक्ष शारदा गिरी र घारीपाटन जन जागृति बा आमा समुहका अध्यक्ष चम्पा सिंह गुरुङ लगाएतले बालेका थिए ।

पोखरा वडा नं. ७ स्तरिय दौड प्रतियोगिता मुल आयोजक समितिका संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदी र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।