भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेतलाई

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०८१ मा प्रकाशित


भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेतलाई

भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेतलाई

पोखरा, २३ बैशाख/ पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि ठुलाखेत भेट्रान्स भलिबल टिमले जितेको छ ।

भूपू भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भेट्रान्स भलिबल प्रतियोगिताको फाइनलमा दमदमे भलिबल टिमलाई ठुलाखेत टिमले हराउदै उपाधि जितेको हो । १२ टिम सहभागी प्रतियोगितमा विजेता र उपविजेता टिमले खसी उपहार जित्न सफल भयो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङ, प्रतियोगिता संयोजक राजु घले लगाएतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे ।

खेल मैदानको संरक्षण, भूपू भलिबल खेलाडी भेटघाट र सांस्कृतक कार्यक्रम मार्फत संस्कृतीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको संयोजक राजु घलले बताए । उनले आगामी वर्ष पनि खेललाई निरन्तरता दिने बताए ।

कार्यक्रममा लोकदोहोरी गायक आयुस परियार, सविता छिनाल र अमृत पौडेल लगाउतका कलाकारले मनोरञ्जन दिए ।