फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना

-


     क्लिक गण्डकी     
     कार्तिक १० गते २०८० मा प्रकाशित


फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका

फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना

पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने ब्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।
मितिः २०८० कार्तिक १० गते शुक्रवार
पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय, न्युरोड ।



Tags: ,

This will close in 10 seconds