लायन्स क्लब अफ पोखरा मर्दि क्लबको गभर्नरद्धारा अवलोकन

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८० मा प्रकाशित


लायन्स क्लब अफ पोखरा मर्दि क्लबको गभर्नरद्धारा अवलोकन

लायन्स क्लब अफ पोखरा मर्दि क्लबको गभर्नरद्धारा अवलोकन

पोखरा, १४ माघ/ लायन्स क्लब डिष्टिक ३२५ एल नेपालका डिष्टिक गभर्नर परमेश्वर बरालले लायन्स क्लब अफ पोखरा मर्दिको क्लब अवलोकन गरेका छन् ।

क्लबको बारे र क्लबले गर्दै आएका कामका बारेमा लायन्स क्लब अफ पोखरा मर्दिका अध्यक्ष मनोज कुमार अधिकारीले जानकारी दिए ।

अवलोकन पछि गभर्नर परमेश्वर बरालले क्लबले उत्कृष्ट काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सेवालाई निरन्तरा दिने विश्वास गरे । उनले नयाँ क्लब भएपनि काम गराइका हिसाबले पुराना क्लब भन्दा कुनै कम नभएको बताए ।

कार्यक्रममा डिष्टिक कोषाध्यक्ष निस्चल पोख्रेलले क्लबले आर्थिक संकलनमा उत्कृष्ट काम गरेको बताउदै आगामि दिनमा क्लब सदस्य घट्दै जान समस्या समाधान भएको बताए । त्यसै गरी डिष्टिक चिप अफ पिआरो अमृत बरालले क्लबले छोटो समयमा गरेको उत्कृष्ट काम रहेको बताए ।

उनले छोटो अवधिमा रक्तदान, ध्यानशिविर, विभिन्न ठाउँमा आर्थिक तथा जिन्सि सहयोग, खाध्यान सहयोग लगाएतका कार्यक्रमको खुलेर प्रशंसा गरे । त्यसै गरी रिजन चियर प्रसन चन्द्र कुबरले आगामि दिनमा क्लबले गर्ने सामाजिक काममा सघाउने बताए ।

कार्यक्रमा कोषाध्यक्ष विष्णुप्रसाद अधिकारीले क्लबको आर्थिक प्रतिबेदन र अर्जुन पौडेलले क्लबका बारेमा थप जानकारी दिएका थिए ।