प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको निधन

-


     क्लिक गण्डकी     
     फागुन ३० गते २०८० मा प्रकाशित


प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको निधन

प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको निधन

पोखरा, ३० फागुन/ प्रजातन्त्र सेनानी एवं सामाजिक व्यक्तित्व अग्निलाल बरालको ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पोखरा ७ नुवारथोकका बराल राजनीति, समाजसेवाका सक्रिय थिए । पछिल्लो समय श्वासप्रश्वास रोगबाट पीडित उनको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बरालका २ पत्नीको यसअघि नै निधन भइसकेको छ । उनका ८ छोरी र ५ छोरा छन् । जेठा छोरा हेमराज बराल नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष र पत्रकार समेत हुन् । उनी हाल अमेरिका छन् । छोरा हेमराज आएपछि मात्रै अग्निलालको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

अर्का छोरा नविन नेपाली कांग्रेस पोखरा महानगर ७ का सभापति हुन् । अरु छोराहरु देवराज, सुन्दर र पवित्रराज बराल हुन् ।
अग्निलालको निधनप्रति विभिन्न संघसंस्थाका साथै राजनीतिक एवं सामाजिक व्यक्तिहरुले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् । अग्निलाललाई मुरली साँहुका रुपमा पनि चिनिन्छ ।