पोखरामा पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया

-


     क्लिक गण्डकी     
     भाद्र १ गते २०८० मा प्रकाशित


पोखरामा पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया

पोखरामा पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया

सागर राज तिमिल्सिना
पोखरा, १ भदौ/ पोखरा ९ नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पताल पोखरामा पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । काठमाडौ र पोखराका चिकित्सकहरुको टोलीले पोखरामा सफल ओपन हार्ट सर्जरी भएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशमा नै पहिलो पटक ओपन हार्ट सर्जरी भएको उनले बताए । पोखराका ४५ वर्षका विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको पोखरेलले बताए । ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको प्रमुख सर्जन डा अनिल भट्राईले जानकारी दिए ।

मनमोहन कार्डियाक सेन्टरका विभागीय प्रमुख डा भट्राईको नेतृत्वमा सर्जन डा कृष्ण बस्याल, डा अर्जुन गुरुङ लगायतको टिमले ३ घण्टा लगाएर सफल ओपन हार्ट सर्जरी गरिएको उनले बताए ।

पोखराका बिभिन्न अस्पतालमा ट्रान्सक्याथेटर एओर्टीक भल्ब इम्प्लान्टेसन (टिएभिआई) लगायत प्रविधिबाट मुटुको उपचार गरिदै आएपनि ओपन हार्ट सर्जरी भने पहिलो पटक भएको हो । ओपट हार्ट सर्जरी गर्न ५ देखि ६ लाख रुपैयाँ लाग्छ ।

अस्पतालले करिब ३ करोडको लागतमा मुटुरोगका लागि आवश्यक इक्विपमेन्ट खरिद गरेको पनि निर्देशक पोखरेलले बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले १ लाख रुपैयाँ सहयोग पाउँछन् पोखराको चरकमा पनि त्यो सुविधा शुरु भएको उनले बताए ।

नेपालमा १९९७ बाट विदेशी (अस्टेलियन) डाक्टर आएर पहिलो पटक मुटुको उपचार सुरु भएको डा भट्राईले सम्झिए । पालमा अहिले ओपन हार्ट सर्जरी नै २ हजार २५ सय वार्षिक रुपमा हुदै आएको उनको भनाई छ । काडियोलोजीको इन्टर भेन्सन सहित वर्षमा ६ /७ हजार मुटुको उपचार हुने गरेको डा भट्राईको भनाई छ ।



Tags: