सागर राज तिमिल्सिनापोखरा, १ भदौ/ पोखरा ९ नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पताल पोखरामा पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । काठमाडौ र पोखराका चिकित्सकहरुको टोलीले पोखरामा सफल ओपन हार्ट सर्जरी भएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशमा नै पहिलो पटक ओपन हार्ट सर्जरी भएको उनले बताए । पोखराका ४५ वर्षका विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको पोखरेलले बताए । ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको प्रमुख…
पुरा पढौ