सुलभ डिपार्टमेन्ट स्टोरमा परिसरमा किसान बजार शुरु

-


     क्लिक गण्डकी     
     असार ९ गते २०८० मा प्रकाशित


सुलभ डिपार्टमेन्ट स्टोरमा परिसरमा किसान बजार शुरु

सुलभ डिपार्टमेन्ट स्टोरमा परिसरमा किसान बजार शुरु

पोखरा, ९ असार/ पोखरा ६ बैदामको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा शुक्रबार देखि पोखराको ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेको अर्गानिक कृषि उत्पादन बिक्री सुरु भएको छ । पोखरा महानगरपालिकाद्धारा संचालित कृषि एम्बुलेन्स मार्फत संकलित स्थानीय कृषि उपज हरेक शुक्रबार सुलभ डिपार्टमेन्ट स्टोर परिसरबाट बिक्री हुने गरी सुरु भएको हो ।

किसानले उत्पादन गरेका तरकारी लगायत उत्पादन सोझै उपभोक्ता माझ पु¥याउन सजह होस भन्ने उद्देश्यले सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले संञ्चालन गरेको सुलभ डिपार्टमेन्ट स्टोर परिसरमा कृषि उत्पादन बिक्री कक्ष स्थापना गरेर संञ्चालनमा आएको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए । प्रत्येक शुक्रबार दिउँसो ४ बजे देखि ७ बजे सम्म किसानले आफ्नो उत्पादन सोझै उपभोक्तालाई बिक्री गर्ने छन् ।

किसानले उत्पादन गरेको तरकारी, फलफुल, माछा, कुखुरा, अण्डा, खसी समेत किसानले नै उपभोक्ता सम्म पु¥याउन गरि बिक्री गर्न सहजीकरणको रुपमा बिक्री कक्ष स्थापना गरेर संञ्चालनमा आएको कर्याक्रमका संयोजक गणेश पहारीले बताए ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत किसानको उत्पादनलाई उपभोक्ता सम्म पु¥याउन सहजीकरण गरेको सहकारीका प्रवन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।

सहकारीले खाद्यन्न लगायत उपभोग्य समाग्रि बिक्री गर्ने गरी डिपार्टमेन्ट स्टोर संञ्चालनमा ल्याएकोमा अब किसानको उत्पादन किसान आफैले उपभोक्तालाई बिक्री गर्ने कक्ष निशुल्क उपलब्ध गराएको हो ।

पोखरा ६ फेवाताल किनारको बैदामा क्षेत्रमा महानगरपालिकाकै सबैभन्दा कम कृषि उत्पादन हुने वडा र सबैभन्दा बढी उपभोग हुने पर्यटकीय क्षेत्र समेत भएकोले डिपार्टमेन्ट स्टोर परिसरको बिक्री कक्ष किसानकालागि निकै उपयोगी हुने पोखरा महानगरपाकिलाका कृषि महाशाखा प्रमुख मनहर कडरियोले बताए । पोखरेली किसानले उत्पादन गरेको ताजा तरकारी सोझै उपभोक्तामा पुग्ने हुँदा उपभोक्ताले सुलभ र स्वथ्य तरकारी उपभोग गर्न पाउने पनि उनले बताए ।



Tags: