गोरखाको मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना ७ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     फागुन ३० गते २०८२ मा प्रकाशित


गोरखाको मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना

गोरखाको मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना

गोरखा, ३० फागुन/ गोरखाको मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा हुदाँ ७ जनाको मृत्यु भएको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना भारतीय पर्यटक सवार रहेका थिए । घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।

मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।