रामजी पौडेलको जान्छेउ र मायालु रेलमा सरर (भिडियो सहित)

-


     क्लिक गण्डकी     
     असार ४ गते २०८२ मा प्रकाशित


रामजी पौडेल

रामजी पौडेल

पोखरा, ४ असार/ गायक तथा संगीतकार रामजी पौडेलले जान्छेउ र मायालु रेलमा सरर बजारमा ल्याएका छन् । ‘रामजी पौडेल’ युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रामजी पौडेल, माया केसी, सावित्री शाही र डार्बिन लम्सालको स्वर रहेको छ ।

शब्द तथा संगीत पनि रामजीकै रहेको छ । एरेन्ज कृष्ण केसीको रहेको छ । म्युजिक भिडियोको निर्देशन हुम गुरुङ, सिनेमाटोग्राफर गणेश सापकोटा र सम्पादन सुभाष अम्गाईको रहेको छ ।

जान्छेउ र मायालु रेलमा सरर गीतमा लाहुरे र कक्षा १२ सकेर बसेकी युवतीको माया प्रेमलाई समेटिएको छ । श्याम राना र संगिता खातीले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

२०६५ सालबाट औपचारीक तथा व्यवसायिक रुपमा गायन क्षेत्रमा लागेका पौडेलका थुपै गीत संगित गाउने र रचना गरेका छन् ।

सन् २०१० मा रेडियो अन्नपूर्णले आयोजना गरेको अलिमियाँ लोकतारा–२ मा प्रथम भइ लोकताराको अवार्ड प्राप्त गरेको थिए ।

रेडियो गोर्खालीले सन् २०१२ मा आयोजना गरेको गोर्खाली अवार्डमा सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी अवार्ड, पाँचौ राष्ट्रिय लोक तथा दोहोरी अवार्ड २०७३, दोस्रो राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०८०, राष्ट्रिय संगीत अवार्ड २०८० प्राप्त गरिसकेका छन् ।



Tags: