स्याङ्जामा ३ महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेसन १/१ लाख दिने

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८१ मा प्रकाशित


विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

विश्वकपमा छनोट टोलीमा समाबेस गण्डकीका खेलाडीलाई पोखरामा स्वागत

स्याङ्जा, ४ मंसिर/ शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा सक्रिय रहँदै आएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई जनही एक एक लाख नगद सहित सहित सम्मान गर्ने भएको छ ।

युएईमा भएको यू १९ टि २० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिमका स्याङ्जाका ३ क्रिकेटरलाई फाउन्डेसनले जनही एक लाख नगदसहित सम्मान गर्ने निर्णय गरिएको सस्थाका सचिव ध्रुब शर्माले जानकारी दिए।

स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी, कुसुम गोदारलाई साथै स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लाई पनि सम्मान गरिनेछ ।

फाउन्डेसनले स्थापना दिवसको अवसरमा यहि मंसिर ५ गते उक्त सम्मान कार्यक्रम गर्ने भएको हो।

फाउन्डेसनले सोही दिन कालिका बहुमुखी क्याम्पस भिरकोट ७ बलमाटामा गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोग र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको सहकार्यमा खुला रक्तदान सहितको विशेषज्ञ सहितको बृहत स्वास्थ्य शिबिर सन्चालन गर्दैछ ।



Tags: ,