
माछापुच्छे हिमाल
पोखरा, २६ कात्तिक/ मर्दी हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको प्रहरीले जानकारी दिएको ।
आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको प्रहरीको भनाई छ । काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि एक विदेशी नागरिक सहित ५ जना आएका थिए ।
मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएको थियो । मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको उनले बताए । टोली अहिले हाइक्यापमा फर्किएको छ ।







